मनोज पाण्डेको अर्को कतुर्त खुल्यो, थप युवतीहरु प्रहरी शरणमा पुग्न थाले

समाचार

काठमाडौं । मनोज पाण्डेको अर्को कालो कतुर्त बाहिर आएको छ । सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको अभियोगमा पक्राउ परेका पाण्डेले अन्य महिलाहरुको पनि शिकार गरेको खुलेको हो । उनीबाट पीडित भएको भन्दै थप युवतीहरु पनि प्रहरीको सम्पर्कमा पुगेपछि सबै कुराको पर्दा खुलेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको सम्पर्कमा थप एकजना पीडित पुगेकी छिन् । अन्य दुईजनाले पनि पाण्डेबाट दुर्व्यवहारको प्रयास भएको भन्दै प्रहरीसँग सम्पर्क गरेको बताइएको छ । स्रोतका अनुसार उनीहरु कार्यालयमा आएका छैनन्, यद्यपि अनुसन्धानका लागि बोलाइएको छ ।

प्रहरीले शनिबार स्वयम्भुबाट पाण्डेलाई पक्राउ गरेको थियो । बुधबार पाण्डे सञ्चालक रहेको कम्पनीले आयोजना गरेको सौन्दर्य प्रतियोगिताकी एक प्रतिष्पर्धीले आफूमाथि ८ वर्षअघि ६ महिनासम्म जबरजस्ती करणी भएको भन्दै भिडियो सार्वजनिक गरेकी थिइन् ।

सुनको मूल्य बढ्यो-काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ७०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ८०० थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २७० कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.