केपी सुध्रिनु र गाेरु ब्याउनु एउटै हाे भन्दै रावल, भुसालसहित ५८ जना माधवकाे एश पाटीमा प्रवेश

राजनिति समाचार

नेकपा एमाले विभाजन भएपछि तथस्त वसेका माधव पक्षका नेताहरु माधव नेपालकाे नयाँ पाटीमा प्रवेश गर्ने संकेत मिलेकाे छ ।एमालेका अध्यक्ष केपी शर्मा वलीले उनिहरुका मागहरु व्यवास्ता गरेकाे र भेट्न समेत नमानेकाे कारण भिम रावल, घनस्याम भुसाल लगायत ५८ जना केन्द्रिय सदस्यहरु रुष्ट भएका छन । उनिहरु दलवल सहित नेकपा एकिकृत समाजवादी पाटीमा प्रवेश गर्ने देखिन्छ ।

त्यसैगरि नेकपा एमालेका उपाध्यक्ष वामदेव गाैतमले समेत नेपालकाे पाटीमा प्रवेश गर्ने घाेषणा गरिसकेका छन । गाैतमले जनता जान्न चाहान्छन भन्ने कार्यक्रममा ऋषी धमला संगकाे अन्तर्वातामा आफुसहित हजाराैँ नेता तथा कार्यकर्ताहरु नेपालकाे पाटीमा प्रवेश गर्ने जानकारी गरेका थिए ।

भीम रावल र योगेशहरूलाई ओलीले भेट्न मानेनन्-काठमाडौं । नेकपा एमाले विभाजन हुँदा वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ नदिई पार्टी एकतामा जोड दिइरहेका नेपाल पक्षका नेताहरू निराश हुन थालेका छन्। पार्टी एकताका लागि विघटित कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयन गर्न एमाले दोस्रो तहका नेताहरूले जोड दिइरहेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहमति कार्यान्वयनका लागि उनीहरूले आग्रह गरिरहेका छन् ।

नेपालको साथ छाडेका एमाले नेताहरूको शुक्रवार बसेको बैठकले १० बुँदे सहमति निश्चित समयभित्र कार्यान्वयन गर्नु पर्ने निष्कर्ष निकालेको थियो । सहमति कार्यान्वयन नभए एमालेभित्र विद्रोह गर्ने अभिव्यक्ति सो समूहका नेताहरूले दिइरहेका छन् । सोहिक्रममा सहमति कार्यान्वयनबारेमा छलफल गर्न एमाले उपाध्यक्ष भीम रावलसहित केही नेताहरूले अध्यक्ष ओलीसँग भेटेरै कुरा गर्न चाहेका थिए । तर, अध्यक्ष ओलीले उनीहरूसँग छलफल गर्न नचाहेको एमाले स्रोतले जनाएको छ।

‘हामीले भेटेरै कुरा गर्छौं भनेपछि अध्यक्ष ओलीले अहिले समय छैन भन्नुभयो,’ तटस्थ बसेका एक नेताले भने, ‘त्यसो भए कहिले समय हुन्छ त भनेर सोध्यौं । उहाँले जे भन्ने हो फोनमै भन्नुस्, अहिले भेट्ने समय छैन भन्नुभयो ।’ अध्यक्ष ओलीले सहमति कार्यान्वयन गर्न रुचि नदेखाएपछि नेता रावल सहितका नेताहरू एमाले छोड्ने मनस्थितिमा पुगेको बताइएको छ ।

स्रोतका अनुसार ओलीलाई रावलले फोन गरेका थिए। करिब १५ मिनेट भएको कुराकानीमा ओलीले दश बुँदे सहमति कार्यान्वयन नगर्ने संकेत गरेपछि रावललगायतका नेताहरू निराश बनेका हुन् । काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन खुकुलो हुने गरी अध्यादेश ल्याएको भोलिपल्टै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सहित ५८ केन्द्रीय सदस्य र ३१ सङ्घीय संसदका सदस्यले नयाँ पार्टी दर्ता गर्न निवेदन दिइसकेका छन् ।

एमालेभित्रको अन्तरसंघर्षमा नेता नेपाललाई साथ दिएका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे, अमृतकुमार बोहरा र रघुजी पन्तलगायतका नेताहरूले नयाँ दल दर्ताको निवेदनमा हस्ताक्षर गरेका थिएनन् । उनीहरूले पार्टी विभाजन हुन नहुने भन्दै एकताको प्रक्रिया जारी राखेको बताएका छन् । यसअघि असार २७ गते भएको दश बुँदेको कार्यान्वयन र १४ सांसदमाथि गरिएको कारबाही फिर्ता गर्नुपर्ने ती नेताहरूको अडान छ । तर, अध्यक्ष ओलीले १४ सांसदलाई गरिएको कारबाही फिर्ता नलिने अडान लिएका छन् भने दश बुँदे सहमति कार्यान्वयन नगर्ने संकेत देखाएका छन् । पछिल्लो समय ओलीले एकता प्रक्रियाका लागि भन्दै प्रयास गरिरहेका नेताहरूलाई भेट्नसमेत मानिरहेका छैनन् ।

हामीले भनेको ओलीले नमाने एमालेमा ठुलो विद्रोह हुन्छ – घनश्याम भुसाल-नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले भनेको नमाने अहिलेसम्मकै ठुलो विद्रोह हुने बताएका छन् ।

एक अनलाइनसँग कुरा गर्दै नेता भुसालले १० बुँदे सहमति कार्यान्वयन नगरे ओलीसँग कोही पनि नेता नरहने दाबीसमेत गरे ।‘ ओलीले १० बुँदे सहमति कार्यन्वयन गर्न मानेनन् भने झन् ठुलो विद्रोह हुन्छ, यो लागू नगरे ओलीसँग को मान्छे रहन्छ ?’ उनले भनेका छन् ।

नेकपा एमालेको एकता प्रक्रियामा लागेका ५७ नेताहरूले दश बुँदे सहमति कार्यान्वयन गर्न दिएको अल्टिमेटमलाई अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरिदिएका छन् ।भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, घनश्याम भुसाल, योगेश भट्टराई, अष्टलक्ष्मी शाक्यलगायत ५७ जना केन्द्रीय कमिटी सदस्यले आसार २७ गते गरिएको दश बुँदे सहमति कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई ४ दिनको अल्टिमेटम दिएका थिए ।आउँदो बुधवारसम्म ओलीले दश बुँदे सहमति कार्यान्वयन नगरे उनीहरू आफ्नो दल रोज्न स्वतन्त्र हुनेछन् ।

यसअघि वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी दल दर्ता गर्न निवेदन दिइसकेका छन् ।निवेदनमा साविक एमालेका तर्फबाट ५८ केन्द्रीय सदस्य छन् ।

हेटौंडामा कसरी भत्कियो एमालेको लालकिल्ला ?-हेटौंडा — तीन दशकदेखि एमालेको लालकिल्लाका रुपमा रहेको हेटौंडा उपमहानगरपालिका उसैबाट विभाजित भई गठित एकीकृत समाजवादीकी मीनाकुमारी लामाले कांग्रेस र माओवादी केन्द्रको सहयोगमा भत्काएकी छन् ।

सत्तारुढ गठबन्धनले हेटौंडा उपमहानगरपालिकाको मेयरमा एकीकृत समाजवादीकी लामा र उपमेयरमा कांग्रेसका राजेश बाँनियालाई उम्मेदवार बनाएको थियो । लामाले एमालेका अनन्त पौडेल र बाँनियाले एमालेकै सुमित्रा काफ्लेलाई पराजित गरेर एमालेको लालकिल्ला भत्काएका हुन् ।

२०७४ सालको निर्वाचनमा एमालेबाट लामा हेटौंडाको उपमेयरमा विजयी भएकी थिइन् । त्यतिबेला कांग्रेस र माओवादीको गठबन्धनलाई पराजित गरेर मेयरमा एमालेको हरिबहादुर महत र उपमेयरमा लामा विजयी भएकी थिइन् । एमाले विभाजित हुने क्रममा उनले एकीकृत समाजवादी पार्टीलाई रोजेकी थिइन् । लामाले अहिले कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट एमालेलाई पराजित गरेकी छन् । पाँच वर्षअघिको चुनावी गठबन्धनलाई पराजित गरेर उपमेयर बनिन्, अहिले गठबन्धनबाट एमालेमाथि विजय प्राप्त गरेर मेयर बन्ने सौभाग्य उनलाई जुरेको थियो । मेयरमा लामाले २३ हजार ७५ मत प्राप्त गरेर विजयी भएकी छन् । उनको प्रतिद्वन्द्वी एमालेका पौडेलले २० हजार ९ सय ८ मत पाएका थिए । उपमेयरमा बाँनियाले ३२ हजार ५ सय ९३ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सुमित्रा काफ्लेलाई ८ हजार ६ सय ८४ले मतले पराजित गरेका थिए । काफ्लेले २३ हजार ९ सय ९ मत पाएकी थिइन् । हेटौंडा उपमहानगरपालिकामा ७३ हजार ४ सय १४ मत खसेको थियो । उपमहानगरपालिकामा १ लाख ४ हजार ५ सय १३ मतदाता रहेका थिए ।

२०४९ सालदेखि एमालेले हेटौंडा उपमहानगरपालिकालाई ‘राज’ गर्दै आएको थियो । २०७९ वैशाख ३० मा भएको निर्वाचनले एमालेको नेतृत्वबाट हेटौंडा उपमहानगरपालिकाले ३० वर्षपछि मुक्ति पाएको छ । २०७४ मा भएको निर्वाचनमा हेटौंडाको मेयर, उपमेयरसहित १२ वडामा एमाले विजयी भएको थियो । यस निर्वाचनमा एमालेले मेयर, उपमेयरमात्र गुमाएको होइन ९ वडाध्यक्षमा सिमित हुन पुगेको छ । अघिल्लो निर्वाचनमा ५ वटा वडाध्यक्षमा सिमित रहेको कांग्रेस अहिले उपमेयरसहित ८ वडामा जित हासिल गरेको छ । एकीकृत समाजवादी र माओवादी केन्द्रले एक-एक वडामा अध्यक्ष जितेका छन् । हेटौंडा उपमहानगरपालिकामा १९ वडामा छन् ।

सत्तारुढ दलको गठबन्धनमध्ये धेरै मतदाता भएको र ठूलो दल कांग्रेस भित्रको चर्को विवाद र एकीकृत समाजवादीको संगठनको आधार कमजोर रहेको अवस्थामा उमेदवारीसँगै विजयको माला लगाइरहेको एमालेले यस्तो नतिजा आउँछ भनेर कल्पनासमेत गरेको थिएन । त्यतिमात्र होइन, राप्रपाको तर्फबाट एक्कासी दिपकबहादुर सिंहले मेयरको उम्मेदवारी दिएपछि अझ एमाले हौसिएको थियो । राप्रपाका सिंहले लामाको मत काट्छ भन्ने एमालेको ठम्याइ थियो ।

राप्रपाका सिंहलाई कांग्रेस भित्रका असन्तुष्टहरूले मत हाल्ने ‘खाल्टे’ उमेदवारको रुपमा उभ्याएका थिए । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी लामालाई कमजोर देखाउनका लागि एमाले नेताका सार्वजनिक रुपमै ‘हाम्रो प्रतिस्पर्धा लामासँग होइन, सिंहसँग हो’ भन्ने अभिव्यक्तिले सिंहले उत्साहित हुँदै आफूतिर मत आकर्षित गर्न सबै किसिमका हर्कतहरू गरे । उनका विविध खाले हर्कतले एमालेका सोझासिधा कार्यकतालाई आकर्षित गर्‍यो । सिंहका विगतका चरित्र र प्रवृत्तिहरूका बारेमा एमाले मौन रह्यो जसले गर्दा नयाँ र तल्लो पिँधमा रहेका कार्यकर्ताहरूको मत राप्रपाले लिन सफल भयो । एमालेका १५ देखि १७ प्रतिशत मतदाताले ६ वटा सूर्य र मेयरमा हलो चिह्नमा मतदान गरे ।

मकवानपुरको एमाले नेतृत्वमा कार्यकर्ताहरूको भावना नबुझ्ने,व्यक्तिवादी एवं गुटगत चिन्तन, पुस्तान्तरण नगर्ने र पार्टीभित्र अलोकतान्त्रिक प्रणालीलाई प्रश्रय दिएका कारणले हेटौंडा उपमहानगरपालिकालगायत सिंगो जिल्लामा पराजय भोग्नु परेको वाम वुद्धिजिवी देवप्रसाद श्रेष्ठको विश्लेषण छ । उनले भने, ‘पार्टीभित्र अलोकतान्त्रिक पद्धति अपनाउने कुनै पनि दलले लोकतन्त्रमा विजय हासिल गर्न सक्तैन।’

Leave a Reply

Your email address will not be published.