फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ, ग्यास सिलिण्डरमै २०० बढ्यो

समाचार

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ ।

त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २सय रुपैयाा बढेको छ । अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो । निगमका अनुसार बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने छ ।
झन् अग्रता बढाउँदै बालेन, स्थापित भन्दा सिंह ८३१ मतले अगाडिकाठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रतालाई निरन्तरता दिएका छन् ।

अहिलेसम्म एक लाख १६ हजार आठ सय ८५ मतगएना हुँदा साहले ४१ हजार दुई सय ७९ मत प्राप्त गरेका छन् । साहले १७ हजार चार सय २४ मतको अग्रता बनाएका हुन् ।

यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार आठ सय ५५ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका केशव स्थापितले २३ हजार २४ मत पाएका छन् । । कांग्रेसकी सिंह एमालेका स्थापितभन्दा आठ सय ३१ मतले अगाडि छन् ।

याे पनि-काठमाडौं महानगरपालिकाको १४ वटा वडाको मतगणना सकिएको छ । १४ वडाको मतगणना सकिँदा वडाध्यक्षमा नेकपा एमाले र नेपाली कांग्रेसका ७÷७ जना उम्मेदवार विजयी भएका छन् ।
हालसम्म काठमाडौं महानगरपालिकाको वडा नं १, २, ३, ४, ५, ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ ।

जसमध्ये वडा नं १,२,३,४,५,३१ र ३२ मा एमाले उम्मेदवार निर्वाचित भएका छन् । नेकपा एमालेबाट वडाध्यक्ष जित्नेहरुमा वडा नम्बर १ मा भरतलाल श्रेष्ठ, २ मा राजेन्द्रकुमार श्रेष्ठ, ३ मा प्रेम थापा, ४ मा दिनेश महर्जन, ५ मा वीरेन्द्र प्रजापति, ३१ का सरोज ढकाल र ३२ का नवराज पराजुली रहेका छन् ।

त्यस्तै नेपाली कांग्रेसले वडा नम्बर ६, ७, ८, २७, २८, २९ र ३० को वडाध्यक्ष पद जितेको छ । नेपाली कांग्रेसबाट वडाध्यक्ष जित्नेहरुमा वडा नम्बर ६ का भुवन लामा, ७ मा विमलकुमार होडा, ८ का आशामान संगत, २७ मा योगेशकुमार खड्गी, २८ मा भाइराम खड्गी, २९ मा कुश ढकाल, ३० मा दलबहादुर कार्की रहेका छन् ।

त्यसैगरी वडा नं ९, १०, ११, १२, २२, २३, २४, २५, २६ को मतगणना जारी छ । कामपाको कूल एक लाख ९१ हजार १८६ मतमध्ये एक लाख छ हजार ५१६ मत गनेर सकिएको छ ।

Leave a Reply

Your email address will not be published.