भरतपुर ताजा अपडेट : १,०१,९४५ मतगणना सकियो, कसको कति मत पुग्यो ?

समाचार

भरतपुर महानगरपालिकामा एक लाख १९४५ मतगणना सकिएको छ । पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ९०१९ मतले अग्रता कायम गरेकी छन् । रेनुले ४०,५८९ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३१,५७० मत प्राप्त गरेका छन् ।

यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १३,०६४ मत प्राप्त गरेका छन् । त्यस्तै काँग्रेसबाट उप मेयरमा उम्मेदवार चित्रसेन अधिकारीले ४२,७३२ मत प्राप्त गरेका छन् भने राप्रपाकी उम्मेदवार हिमला गुरुङले २४,९९२ मत प्राप्त गरेकी छन् ।

मोरङको सुन्दरहरैचा नगरपालिकामा एमाले विजयी-मोरङको सुन्दर हरैचा नगरपालिका प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा केदारप्रसाद गुरागाईंले कांग्रेसका शिवप्रसाद ढकाललाई ७ सय २७ मतले हराउँदै विजयी भए । ढकाल निवर्तमान मेयर हुन् । गुरागाईंले २१ हजार ४ सय ५ मत ल्याउँदा ढकालले २० हजार ६ सय ७८ मत ल्याए ।

त्यसैगरी उपमेयरमा एमालेकै अकली चौधरी विजयी भएकी छन् । उनले २२ हजार ४ सय ५२ मत ल्याउँदा माओवादी केन्द्रका नवराज चापागाईंले ११ हजार ३ सय मत ल्याए ।यहाँ कांग्रेस र माओवादी केन्द्रको मेयर र उपमेयरमा गठबन्धन थियो । योसँगै मोरङका १७ पालिकाको अन्तिम परिणाम सकिएको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिकामा कांग्रेस विजयी-कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयर, उपमेयरमा कांग्रेस विजयी भएको छ । मेयरमा तोयप्रसाद शर्मा र उपमेयरमा भुलियाकमारी राना विजयी भएका हुन् । शर्माले १० हजार ६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पदम पुजाराले ४ हजार ६ सय ७४ मत प्राप्त गरे । एकीकृत समाजवादीका जीवनराज थापाले ३ हजार ७ सय ३४ मत प्राप्त गरे ।

उपमेयरमा निर्वाचित रानाले ७ हजार ३ सय ४५ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका धोखे रानाले ५ हजार ४ सय ९२ र एमालेकी सुशिला खत्रीले ५ हजार ३ सय ३ मत प्राप्त गरिन् ।

Leave a Reply

Your email address will not be published.