लाइसेन्सको नयाँ आवेदन खोल्ने दिन तोकियो !

समाचार

प्राविधिक रुपमा समस्या हुँदा तोकिएको समयमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन खुलाउन कठिन भएको यातायात व्यवस्था विभागले बताएको छ। पुरानो इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सवारीसाधन दर्ता प्रणाली र नयाँ अनलाइन ड्राइभिङ लाइसेन्स दर्ता, स्मार्ट कार्ड प्रणालीलाई एकीकृत गर्न प्राविधिक समस्या पर्दा नयाँ आवेदन खुलाउन ढिला भएको यातायात विभागका महानिर्देशक नमराज घिमिरेले बताए।

यातायात व्यवस्था विभागले अनलाइन आवेदन दिएको १५ दिनमा नै लाइसेन्सको परीक्षा दिन पाउने गरी तयारी गरेको बताएको यो पहिलो पटक होइन । विभागले ४ जेठबाट लाइसेन्सको आवेदन खुला गरी १५ दिनमा नै सेवाग्राहीले कार्यालयमा सम्पर्क गर्न सक्ने गरी तयारी गरेको दाबी गरेको थियो तर प्राविधिक समस्याले गर्दा डिला हुन गएको विभागले जनाएको छ । “नयाँ आवेदनको लागि सोमबारबाट नै खुला गर्ने गरी विभागले तयारी गरिरहेको छ,’ विभागका महानिर्देशक घिमिरेले भने । आजको कारोबार दैनिकमा समाचार छ ।

वृद्धभत्ता ६५ वर्षमै दिने तयारी-काठमाडौं । विशेषगरी एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षा भत्तालाई भोट राजनीतिमा प्रयोग गर्दै आएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यसलाई निरन्तरता दिन लागेका छन् ।

मुलुकको अर्थतन्त्रको क्षमताअनुसार सामाजिक सुरक्षाभत्ताको दायरा बढाउन कठिन भए पनि वर्तमान सरकारले ६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता वितरणको तयारी गरेको छ। आर्थिक वर्ष २०७९र८० को बजेटमा ६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता दिने तयारी गरिएको हो। अहिले ७० वर्ष पुगेका नागरिकले मासिक ४ हजार वृद्धभत्ता पाउँछन्।

सरकारले ६५ वर्ष उमेरमाथिका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिँदा राज्यलाई वार्षिक करिब ३० अर्ब रुपैयाँ भार थपिने अर्थ मन्त्रालयका अधिकारी बताउँछन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार अहिले मुलुकभर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या करिब साढे ३४ लाख छ। सरकारले सामाजिक सुरक्षाका लागि वार्षिक करिब एक खर्ब रुपैयाँ खर्च गर्दै आएको छ । यो समाचार नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published.