बिश्वभर कोरोनाको त्रास सकिए लगत्तै सुरु भयो नयाँ रोग मंकीपक्स , नेपालमा पनि फैलन सक्ने बिज्ञहरुको अनुमान

स्वास्थ्य

बिश्वभर कोरोनाको त्रास सकिए लगत्तै अर्काे एउटा नयाँ भा इरसको संक्रमण सुरु भएको छ । ‘मंकीपक्स’ नामको भा इरसको संक्रमण सुरु भएको हो । पश्चिम तथा मध्य अफ्रिकामा देखिएको ‘मंकीपक्स’ बेलायत, युरोप र अमेरिकाका १२ देशमा फैलिसकेको बिश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ । ८० भन्दा बढी व्यक्तिमा मंकीपक्स संक्रमण पुष्टि भईसकेको संगठनले जनाएको छ ।

अन्य ५० जनामा संक्रमण पुष्टि भएको आशंका गरी उनीहरुमा अनुसन्धान सुरु गरिएको छ । मंकीपक्स सबैभन्दा पहिला सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरहरुमा देखा परेको थियो । त्यसको १२ बर्ष पछि सन् १९७० मा कंगोमा मंकीपक्स मानिसमा देखिएको थियो । पछिल्लो पटक सन् २०१९ मा सिंगापुरमा नाइजेरियाबाट आएका एक व्यक्तिमा ‘मंकीपक्स भाइरस’ पुष्टि भएको थियो ।

अहिलेसम्म युरोपका संयुक्त अधिराज्य, स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, द नेदरल्यान्ड्स, इटली, स्वीडेन लगायतका देशमा ‘मंकीपक्स’ भाइरस देखा परेको छ । पछिल्लो समय बेलायतका संक्रमितको ‘ट्राभल हिस्ट्री’ नदेखिएकाले ‘मंकीपक्स’ समुदायस्तर सम्मै पुगिसकेको भन्ने विज्ञहरुको अनुमान रहेको छ । नेपालमा पनि यसको संक्रमण फैलिन सक्ने संक्रामक रोग विशेषज्ञहरुको भनाई छ ।

पाण्डेले यौन दुर्व्यवहार गरेको अर्की युवतीको पनि आरोप -प्रहरीमा मोडल ग्लोब भिसाज कन्सल्टेन्सीका सन्चालक मनोज पाण्डेले यौन दुर्व्यवहार गरेको भन्ने अर्को आरोप पनि प्रहरीले ट्र्याक गरेको छ।ती युवतीले आफूमाथि पनि पाण्डेले यौन दुर्व्यवहार गरेको भन्दै सामाजिक सन्जालमा पोष्ट गरेपछि प्रहरीले उनलाई सोधिखोजी गरेको हो।

काठमाडौं उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरका अनुसार प्रहरीले उनीसँग कुराकानी गरिसकेको छ। ‘उहाँले पाण्डेले आफूलाई पनि यौन दुर्व्यवहार भएको भनेर सामाजिक सन्जालमा लेखेपछि हामीले उहाँलाई भेटेर कुराकानी गरेका छौँ। उहाँले जाहेरी भने दिइसक्नु भएको छैन,’ उनले भने।

यो घटना भने हदम्याद भित्रकै भएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख उत्तम सुवेदीका अनुसार पाण्डेले केही समयअघि मात्रै आफूलाई दुर्व्यवहार गरेको ती युवतीले जानकारी दिएकी छन्।‘पाण्डेले आफूमाथि केही समयअघि मात्रै दुर्व्यवहार गरेको उहाँले बताउनुभएको छ,’ उनले भने, ‘यो घटनामा कारबाही गर्ने हदम्याद पनि नाघेको छैन।’

८ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलकी एक प्रतिस्पर्धीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पाण्डेलाई शनिबार पक्राउ गरेको थियो।पाण्डेले आफूलाई १६ वर्षको उमेरमा ८ वर्षअघि बेहोस बनाएर बलात्कार गरेको भन्दै एक यूवतीले भिडियो सार्वजनिक गरेकी थिइन्। त्यसपछि उनलाई पक्राउ गर्न सड़क र संसदबाट आवाज उठेको थियो।

शुक्रबार प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले उनलाई कारबाही गर्न निर्देशन दिएका थिए।८ वर्षअघि भएको बलात्कारको घटनामा कानुनी हदम्यादका कारण मुद्दा दर्ता गर्न नसकेपनि पाण्डेलाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कानुनमा टेकेर अनुसन्धान गर्न प्रहरीले तयारी गरिरहेको छ।

पाण्डेमाथि अनुसन्धान गर्न प्रहरीले सोमबार अदालतबाट अनुमति लिने तयारी गरिरहेको छ। बलात्कारमा भएको कानुनी हदम्याद हटाउन भन्दै अहिले दिनहुँ प्रदर्शन हुन थालेका छन्।

Leave a Reply

Your email address will not be published.