बागमती प्रदेशमा एमाले तेस्रो दलमा धकेलियो

राजनिति

काठमाडौंं– संघीय राजधानी रहेको बागमती प्रदेशमा यस पटकको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पहिलो दल बन्यो। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले प्रमुखमा ५८ पालिका जित्न सफल भयो। त्यस्तै एक महानगरपालिकामा अग्रता कायम गरिरहेको छ। नेकपा एमाले भन्दा यस पटक माओवादी केन्द्र सफल देखियो। माओवादीले बागमती प्रदेशमा २६ पालिकामा प्रमुख जित्न सफल भयो भने एक महानगरमा अग्रता लिइरहेको छ।

एमाले तेस्रो स्थानमा रहँदै २६ पालिकामामा सीमित भयो। त्यस्तै नेकपा एमालेबाट विभाजन भएर बनेको नयाँ दल एकीकृत समाजवादीले ४ पालिकामा जित हात पार्न सफल भयो। पहिलो पटक निर्वाचनमा भाग लिएको एकीकृत समाजवादीले हेटौंडा उपमहानगरसहित अन्य २ पालिकामा प्रमुखमा जित हात पार्‍यो। बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीले एक पालिकाको प्रमुख जित्यो भने नेपाल मजदुर किसान पार्टीले एक पालिकामा प्रमुख र उपप्रमुख जित्यो।

काठमाडौं महानगरमा राजनीतिक दलहरुले प्रमुख गुमाउने अवस्था देखिएको छ। हालसम्मको मतगणना परिणाममा स्वतन्त्र उम्मेदवार बालेन साहले काठमाडौंं महानगरमा अग्रता कायम गरिरहेका छन्। उपप्रमुखमा भने एमालेले अग्रता कायम गरिरहेको छ।

कसले कति गुमाए?-२०७४ सालको स्थानीय तह निर्वाचनमा एमाले पहिलो दल बनेको थियो।०७४ को तथ्यांक हेर्दा नेकपा एमालेलाई घाटा भएको छ भने नेपाली कांग्रेस र माओवादी केन्द्रलाई नाफा भएको छ। ०७४ को निर्वाचनमा ३५ तहमा जितेको कांग्रेसले यसपटक २० थपेको छ र अब दुईमा अग्रता लिएको छ। अग्रता रहेको स्थानमा जित भएमा उसको २२ स्थानीय तह थपिने छ।एमालेले ६४ पालिका जितेकोमा यसपटकको निर्वाचनमा ३८ पालिका गुमाएको छ। त्यस्तै माओवादी केन्द्रले १७ जितेकोमा ९ थपेको छ र एकमा अग्रता कायम गरेको छ। यो थपिएको खण्डमा माओवादीलाई १० स्थानीय तह लाभ हुने छ।

राप्रपा १ र नेमकिपा १ मा कायमै रहेका छन्। गत वर्ष नयाँ शक्तिले पनि एक सिट जितेको थियो।हामीले यहाँ प्रदेशभित्रको जिल्ला गत अवस्था प्रस्तुत गरेका छौं। ०७४ को स्थानीय तह निर्वाचनमा दलहरुले जितेको संख्या र अहिले अवस्था यस्तो छ-

जिल्लागत अवस्था-१.दोलखा- कांग्रेस र माओवादी बराबर,नेपाली कांग्रेस-३, गत निर्वाचनमा -२,(कालिन्चोक, भीमेश्वर, वैतेश्वर),एमाले -२, गत निर्वाचनमा- ७,(जिरी, मेलुङ),माओवादी-३, गत वर्ष-०,(गौरीशंकर, शैलुङ,विगु)

एकीकृत समाजवादी-तामाकोसी-२.सिन्धुलीमा माओवादी पहिलो पार्टी,माओवादी- ४, गत निर्वाचनमा-३,(दुधौली नगरपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका र हहिरपुरगढी गाउँपालिका),नेपाली कांग्रेस-३, गत निर्वाचनमा -३-(घ्याङलेख गाउँपालिका, कमलमाई गाउँपालिका , तीन पाटन गाउँपालिका)

एमाले -२ गत निर्वाचनमा-३-(गोलन्जोर गाउँपालिका, फिक्कल गाउँपालिका),३.रामेछाप माओवादी र एमाले बराबर-नेपाली कांग्रेस- ३, गत निर्वाचनमा- १,(गोकुलगंगा गाउँपालिका, रामेछाप नगरपालिका र लिखु तामाकोशी गाउँपालिका)

एमाले-३, गत निर्वाचनमा- ५-(उमाकुण्ड गाउँपालिका,खाँडादेवि गाउँपालिका र मन्थली नगरपालिका),माओवादी-२, गत निर्वाचनमा-२,(दोरम्बा गाउँपालिका र सुनापती गाउँपालिका)

४.सिन्धुपाल्चोक नेपाली कांग्रेस पहिलो
कांग्रेस-५, गत निर्वाचनमा-३
(हेलम्वु गाउँपालिका, मेलम्ची नगरपालिका ,त्रिपुरासुन्दरी गाउँपालिका,बाह्विसे नगरपालिका,भोटेकोशी गाउँपालिका)

एमाले-३, गत निर्वाचनमा-७
(इन्द्रावती गाउँपालिका ,पाँचपोखरी थाङपाल गाउँपालिका र सुनकोशी गाउँपालिका)

माओवादी-४, गत निर्वाचनमा-२
(जुगल गाउँपालिका, चौतारा साँगाचोकगढी गाउँपालिका, बलेफी गाउँपालिका र लिसंखुपाखर गाउँपालिका)

५.काभ्रेपलान्चोक नेपाली कांग्रेस पहिलो (पाँचखाल गणना चलिरहेको)
नेपाली कांग्रेस-७, गत निर्वाचनमा -४
(तेमाल गाउँपालिका,नमोबुद्ध नगरपालिका, पनौती नगरपालिका, बनेपा नगरपालिका, वेथानचोक गाउँपालिका र रोशी गाउँपालिका)

एमाले-१, गत निर्वाचनमा-७-धुलिखेल नगरपालिकामाओवादी-४, गत निर्वाचनमा-२,(खानी खोला गाउँपालिका,चौरी देउराली गाउँपालिका ,भुम्लु गाउँपालिका र महाभारत गाउँपालिका),एकीकृत समाजवादी-१-मण्डन देउपुर गाउँपालिका,६. ललितपुर (ललितपुर महानगर गणना चलिरहेको)-नेपाली कांग्रेस-५, गत निर्वाचनमा -३,(कोन्ज्योसोम गाउँपालिका,गोदाबरी गाउँपालिका,महांकाल गाउँपालिका र वागमती गाउँपालिका)

एमाले-१, गत निर्वाचनमा-२-(महालक्ष्मी नगरपालिका),माओवादी गत निर्वाचनमा १,७.भक्तपुरमा कांग्रेस पहिलो-नेपाली कांग्रेस- २, गत निर्वाचनमा-०,चागुँनारायाण नगरपालिका र मध्यपुर थिमि

एमाले -१ गत निर्वाचनमा-३-सूर्यविनायक नगरपालिका,अन्य १ गत निर्वाचनमा-१,भक्तपुर नगरपालिका (नेमकिपा),८. काठमाडौंं- कांग्रेस पहिलो पार्टी-नेपाली कांग्रेस-७, गत निर्वाचनमा-४,(दक्षिणकाली नगरपालिका, किर्तिपुर नगरपालिका, तारकेश्वर नगरपालिका, कागेश्वरी नगरपालिका, गोकर्णेश्वर नगरपालिका , चन्द्रागिरि नगरपालिका र नागार्जुन नगरपालिका)

एमाले-२, गत निर्वाचनमा-६-(बूढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिका),अन्य -२-शंखरापुर नगरपालिका(राप्रपा) र काठमाडौं महानगरमा स्वतन्त्र अग्रता

९.नुवाकोटमा नेपाली कांग्रेस पहिलो-कांग्रेस-७, गत वर्ष-७,(तादी गाउँपालिका, तारकेश्वर गाउँपालिका, म्यागङ गाउँपालिका,लिखु गाउँपालिका,विदुर नगरपालिका र शिवपुरी गाउँपालिका र सुर्यगढ गाउँपालिका)
माओवादी-४, गत निर्वाचनमा-२-(दुप्चेश्वरी गाउँपालिका, पञ्चकन्या गाउँपालिका, वेलकोट नगरपालिका र ककनी गाउँपालिका)-एमाले-१, गत निर्वाचनमा-३,किस्पाङ गाउँपालिका

१०.रसुवा- कांग्रेस पहिलो पार्टी-कांग्रेस-३, गत निर्वाचनमा-२,(कालिका गाउँपालिका,नौकुण्ड गाउँपालिका र आमाछोदिङमो गाउँपालिका)

एमाले -२, गत निर्वाचनमा-२-(उत्तरगया गाउँपालिका र गोसाईकुण्ड गाउँपालिका)

११. धादिङ-कांग्रेस पहिलो-कांग्रेस-७, गत निर्वाचनमा-३,(खनियाँबास गाउँपालिका,गंगाजमुना गाउँपालिका,ज्वालामुखी गाउँपालिका,त्रिपुरा सुन्दरी गाउँपालिका,निलकण्ठ नगरापालिका, नेत्रावती डबजोङ गाउँपालिका र सिद्धलेक गाउँपालिका)

एमाले-२, गत निर्वाचनमा-७-(गल्छी गाउँपालिका र थाक्रे गाउँपालिका),माओवादी-३ गत निर्वाचनमा-१-(गजुँरी गाउँपालिका,बेनीघाट रोराङ गाउँपालिका र रुविभ्याली गाउँपालिका)-एकिकृत समाजवादी-१-धुनीवेशी नगरपालिका

१२.मकवानपुर- कांग्रेस पहिलो-नेपाली कांग्रेस-५, गत निर्वाचनमा-२,(कैलास गाउँपालिका, बकैया गाउँपालिका,मकलवानपुरगढी गाउँपालिका,मनहरि गाउँपालिका र राक्सिराङ्ग गाउँपालिका)

एमाले-२, गत निर्वाचनमा-६-(इन्द्रसरोबर गाउँपालिका र भिमफेदी गाउँपालिका),माओवादी-२, गत निर्वाचनमा-२
(थाहा नगरपालिका र बागमती गाउँपालिका)

एकीकृत समाजवादी-१-हेटौडा उपमहानगरपालिका-१३. चितवन -एमाले पहिलो (भरतपुर मत गणना चलिरहेको)-कांग्रेस-२, गत निर्वाचनमा-१,(खैरहनि नगरपालिका र रत्ननगर नगरपालिका)

एमाले-३, गत निर्वाचनमा-४-(इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र माडी नगरपालिका),माओवादी- १ भरतपुर महानगरपालिका (अग्रता), गत निर्वाचनमा-२-एकीकृत समाजवादी,राप्ती नगरपालिका

Leave a Reply

Your email address will not be published.