गायिका अस्मिता अधिकारी प्रेममा परेकि नै हुन् त ?

मनोरंजन

काठमाडौं । प्रेम यस्तो विषय हो जुन लुकाएर लुक्नै सक्दैन । ग्ल्यामर क्षेत्रको चर्चा गर्ने हो भने अझ देखाउने प्रेमको नै बजार बढी छ । अपवादलाई छोडेर हेर्ने हो भने एकै क्षेत्रका दुई युवाको प्रेम त झन् छिटो फैलिन्छ । चैते डढेलो झै !

संगीतकर्मीद्वय अस्मिता अधिकारी र महेश काफ्लेको प्रेमको चर्चा चलिरहेको छ । यी दुई प्रेममा रहेको चर्चा चलिरहँदा यही विषयलाई थप पुष्टि गर्ने पोस्टहरु सार्वजनिक भैरहेका छन् । अस्मिताले छिन्नलता पुरस्कार पाउँदै गर्दा महेश अधिक खुसी देखिए । हुन पनि हो आफ्नो मान्छेको सफलताले खुसी नै दिन्छ । यो पोस्ट र शुभकामनालाई आधार मानेर प्रेमको चर्चाको खबर सार्वजनिक हुन थाले ।

त्यो पछि अस्मितालाई के लाग्यो कुन्नी उनले मन भित्रको माया कसरी देखिन्छ भन्दै पोस्ट गरिन् । उनी लेख्छिन्, “पानीमा माछिको छाँया देखिन्छ र… मनैमा लुकेको माया देखिन्छ र…” प्रेममा परेको माया बढेको त राम्रो हो नी होइन ! बस प्रेमको नाममा व्यापार हुनु भएन ।

ओझेलमा पल शाह-काठमाडौं । बलात्कार अभियोगमा जिल्ला कारागार तनहुँमा रहेका नायक पल शाहको चर्चा ओझेल परेको छ । स्थानिय निर्वाचनमा र्यापर बालेनको चर्चाले नेपाली फिल्म जगतका घतना परिघटना छाया परेको अवस्थामा पलको प्रसङ्गमा कम चर्चा हुन थालेको छ । एक सुन्दरी प्रतियोगी माथि आयोजकले बलात्कार गरेको घटनाले अझ मनोरन्जन क्षेत्रका घटनाको चर्चा ठप्प झै भएको छ । पल र उनका समर्थकको लागि यो हप्ता महत्वपुर्ण थियो ।

तर, बैशाख अन्तमा नै हुने भनेको सुनुवाइ पुन एक हप्ता पछि सरेको छ । सामान्य अवस्था हुँदो हो त उनका समर्थक न्यायलय सम्मै पुगेर घेरा हालेर सुनुवाइ तत्काल गर्न दवाव पनि दिन्थे होला । तर, यो घटनालाई नै छायामा पार्ने गम्भीर विषय सार्वजनिक भएपछि यो विषयमा कसैको आँखा पुग्न सकेको छैन । हुन त क्षेत्र नै ‘जे देख्छ सोही बिक्छ’ क्यारे !

Leave a Reply

Your email address will not be published.