४३ हजार कटाउँदै अग्रता फराकिलो बनाउँदै बालेन, सिर्जना र स्थापितको कति ?

समाचार

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो मतान्तर अझै फराकिलो बनाएका छन्। पछिल्लो विवरणअनुसार एक लाख २१ हजार ३ सय ७५ मतगणनामा बालेनले ४३ हजार १६२ मत पाएका हुन्।

उनले दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ हजार ५९९ मत पाएकी छन्।
यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २५ हजार २६८ मत पाएका छन्। स्थापित सिंहभन्दा ८८२ मतले पछि परेका छन्।

अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ११, २४, २५, २७, २८, २९, ३०, ३१ र ३२ को नतिजा आइसकेको छ। वडा नम्बर ९, १०, १२, १३, २२, २३ र २६ को मतगणना राष्ट्रिय सभागृहमा जारी छ। गणना भइरहेका वडामध्ये ९, १०, १३ र २६ मा बालेनको अग्रता छ। त्यस्तै १२ र २२ मा सिर्जनाको अग्रता छ भने २३ नम्बरमा स्थापितको अग्रता छ।

राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्ता छन् संभावित एजेण्डाराष्ट्रिय सभाको बैठक -आज सोमबार बस्दै छ । दउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले सभा मातहतका विषयत समितिका सदस्यका लागि मनोनय र समिति हेरफेरको प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले केही अध्यादेशहरू स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची पनि आजका लागि तय गरिएको छ ।

आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले पनि केही अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव गर्ने कार्यसूची रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री, कानून, न्याय तथा संसदीय मामिला मन्त्रीले पनि केही अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव गर्ने आजको कार्यसूची छ ।

Leave a Reply

Your email address will not be published.