अपडेट काठमाडौंः बालेनले कटाए ४४ हजार मत

समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन्।

पछिल्लो मतपरिणाम अनुसार साहले ४४ हजार १ सय ८३ मत प्राप्त गरेका छन्। गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंह २५ हजार ८ सय ३५ मतसहित दोस्रो स्थानमा छिन्। एमालेबाट प्रमुखका उम्मेदवार केशव स्थापितले २५ हजार २२ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा भने एमालेकी सुनिता डंगोल लगभग तेब्बर मतान्तरसहित अगाडि छिन्। उनले ४५ हजार ८ सय ७५ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १५ हजार २ सय ८२ मत प्राप्त गरेका छन्।

याे पनि-गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७ सय २६ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।

जसमध्ये नेपाली काँग्रेसले ३ सय २० स्थानीय तहमा जित हासिल गरेको छ भने ६ स्थानमा अगाडि रहेको छ । नेकपा एमाले १ सय ९७ पालिकामा विजयी हुँदा ९ स्थानमा अग्रस्थानमा छ । माओवादी केन्द्रले १ सय २० स्थानमा जित हासिल गरेको छ भने २ स्थानमा अगाडि रहेको छ ।

अन्य तर्फ २९ जनाले स्थानीय तह प्रमुख पदमा जितेका छन् भने २ स्थानीय तहमा अगाडि छन् । जनता समाजवादी पार्टी (जसपा) ले २९ स्थानमा जित निकालेको छ भने २ स्थानमा अगाडि रहेको छ । नेकपा एकीकृत समाजवादीले १७ स्थानमा जितेको छ भने २ स्थानमा अगाडि रहेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १४ स्थानमा विजयी हुँदा २ स्थानमा अगाडी छ ।

Leave a Reply

Your email address will not be published.