रेनुले कटाइन् ५० हजार मत, जित घोषणा हुन बाँकी

राजनिति समाचार

काठमाडौं । भरतपुर महानगरपालिकामा मेयर, उपमेयर पदमा सत्तारूढ गठबन्धनका उम्मेदवार निकै फराकिलो मतान्तरले अग्रता लिइरहेका छन् ।

भरतपुरमा अब ३ हजार जति मत गन्न बाँकी छ । गठबन्धनबाट मेयर, उपमेयर दुवैले ५० हजार मत कटाएका छन् । मेयर पदमा एमालेका उम्मेदवार विजय सुवेदीले यो पटक ल्याएको मत अघिल्लो पटक २०७४ सालको स्थानीय तह निर्वनचनमा एमालेका उम्मेदवारले ल्याएको भन्दा कम मत आउने देखिएको छ ।

भरतपुरमा सोमबार रातिसम्म कुल १ लाख २४ हजार ४४ मत गणना हुँदा रेनु दाहालको ५० हजार ३ सय १० र एमालेका विजय सुवेदीको ३८ हजार २ सय ९६ मत आएको छ । रेनुले गन्न बाँकी रहेको भन्दा पनि तेब्बर १२ हजार १४ मतले अगाडि छन् । रेनुजको जित निश्चित भइसकेको छ घोषणा हुन बाँकी छ ।

यता काठमाडौं महानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो फराकिलो अग्रता कायमै राखेका छन् । स्वतन्त्र उमेदवार बालेन्द्र शाह बालेनले ४८ हजार ०८९ मत प्राप्त गर्दै पहिलो स्थानमा छन् ।

नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले २९ हजार १८० मत प्राप्त गर्दै दोस्रो स्थानमा छिन् । नेकपा एमालेका केशव स्थापित २८ हजार ३२६ मतसहित तेस्रो स्थानमा छन् ।

उता भरतपुर महानगरपालिकामा मेयर, उपमेयर पदमा सत्तारूढ गठबन्धनका उम्मेदवार निकै फराकिलो मतान्तरले अग्रता लिइरहेका छन् ।

भरतपुरमा अब ३ हजार जति मत गन्न बाँकी छ । गठबन्धनबाट मेयर, उपमेयर दुवैले ५० हजार मत कटाएका छन् । मेयर पदमा एमालेका उम्मेदवार विजय सुवेदीले यो पटक ल्याएको मत अघिल्लो पटक २०७४ सालको स्थानीय तह निर्वनचनमा एमालेका उम्मेदवारले ल्याएको भन्दा कम मत आउने देखिएको छ ।

भरतपुरमा सोमबार रातिसम्म कुल १ लाख २४ हजार ४४ मत गणना हुँदा रेनु दाहालको ५० हजार ३ सय १० र एमालेका विजय सुवेदीको ३८ हजार २ सय ९६ मत आएको छ । रेनुले गन्न बाँकी रहेको भन्दा पनि तेब्बर १२ हजार १४ मतले अगाडि छन् । रेनुजको जित निश्चित भइसकेको छ घोषणा हुन बाँकी छ ।

Leave a Reply

Your email address will not be published.