बालेन शाह जित तर्फ उन्मुख भईरहदा एक साता देखी थुप्रिएको काठमाण्डौको फोहोर रातरात उठाउन दिईन् मन्त्री झाँक्रीले निर्देशन

राजनिति समाचार

देशका मुख्य शहरमा स्वतन्त्र उम्मेद्धार धमाधम बिजयी हुन थाले पछि राजनितीक दलका नेताहरु लाई पनि तातो लागेको छ । काठमाण्डौमा राजनितीक दललाई नै चुनौती बनेर उदाएका बालेन शाह करिब जितको नजिक पुगे पछि नेताहरु थाती राखिएका काममा सक्रिय हुन थालेका छन् । हप्ता दिन देखी काठमाण्डौमा नउठेको फोहोर गृह मन्त्रालय, सबै सुरक्षा निकायका प्रतिनिधि, काठमाडौँ महानगरका प्रतिनिधिहरूको संयुक्त बैठक बसि रातारात उठाउने सहमती बनेको छ ।

यसैक्रममा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको सक्रियतामा सोमबार साँझबाट काठमाडौँ उपत्यकाको फोहोर उठाउन सुरु गरिएको छ । यतिका दिन सम्म फोहोर थुप्रिदा चुपचाप बसेकी मन्त्री आफै काठमाडौँका विभिन्न क्षेत्रमा पुगेर फोहोर उठाउन आवश्यक निर्देशन दिएकी छन् ।

उनले राती नै काठमाडौँको बालाजु, बानेश्वर, रातो पुललगायतका क्षेत्रमा पुगेर फोहोर उठाउन निर्देशन दिएकी छिन् । त्यहाँका स्थानीयसँग पनि उनले कुराकानी गरेकी छिन् । उनले स्थानीय संग फोहोर व्यवस्थित स्थानमा राख्न आग्रह गरेकी छिन् । काठमण्डौको फोहोर रातीनै बन्चरेडाँडा लगेर व्यवस्थापन गर्न सुरु गरिएको हो ।

पोखरा महानगरको मेयरमा नेकपा एसका धनराज आचार्य निर्वाचित-काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी (नेकपा एस) का उम्मेदवार धनराज आचार्य विजय हुने सुनिश्चित भएको छ । उपमेयरमा पनि नेकपा एमालेकी मञ्जु गुरुङको जित पक्का छ ।

गन्न बाँकी मतभन्दा अग्रता लिएको मत धेरै भएपछि आचार्यको जित सुनिश्चित भएको हो । गएको वैशाख ३० गते भएको पालिका तहको चुनावमा पोखरा महानगरपालिकामा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।

जसमा आज बिहानसम्म १ लाख ३८ हजार २ सय ११ मत गणना भइसकेको छ ।५ हजार १५ मत गणना गर्न बाँकी छ । तर मेयरमा धनराज ५ हजार २ सय ८६ मतान्तरसहित अगाडि हुनुहुन्छ भने उपमेयरमा गुरुङ ४ हजार ३५ मतान्तरले अगाडि हुनुहुन्छ । पोखरा महानगरपालिका वडा नम्बर २२, ३२ र ३३ को आंशिक मत गणना गर्न बाँकी रहेको छ ।

अहिलेसम्म नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले ५६ हजार ४ सय ७१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ५१ हजार १ सय ८५ मत प्राप्त गर्नुभएको छ ।

उपमेयर पदमा एमालेकी मञ्जुदेवि गुरुङ ५८ हजार ५ सय ८२ मत ल्याएर विजय नजिक पुग्नुभएको छ । उहाँ नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई ४ हजार ३५ मतान्तरले पछि पार्दै विजय नजिक पुग्नुभएको हो । उता भरतपुरमा पनि रेनु दाहालको जित निश्निच भएको छ । त्यहाँ पनि मतगणना जारी छ ।

Leave a Reply

Your email address will not be published.