केशव स्थापितले दिए बालेनलाई जितको शुभकामना: म भन्दा योग्य बालेन हनुहुन्छ जित्नु राम्रो हो (हेर्नुहोस भिडियो)

समाचार

केशव स्थापितले दिए बालेनलाई जितको शुभकामना: म भन्दा योग्य बालेन हनुहुन्छ जित्नु राम्रो हो (हेर्नुहोस भिडियो) भिडियो समचारको अन्त्यमा छ, हेर्नुहोस।

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख पदका उम्मेदवार बालेन शाहले ५१ हजार मत कटाएका छन्। एक लाख ५७ हजार ३१० मत गणना हुँदा उनले ५१ हजार ५९६ मत प्राप्त गरेका छन्।

दोस्रो स्थानमा रहेकी गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले ३२ हजार ४३० मत प्राप्त गरेकी छन्। त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३१ हजार ८५६ मत प्राप्त गरेका छन्।

अझै काठमाडौं महानगरपालिकामा ३३ हजार ८७६ मत प्राप्त गणना गर्न बाँकी छ। काठमाडौं महानगरमा अहिले वडा नम्बर १३, १४, १५, १६, १७, १८, १९, २० र २१ को मतगणना भइरहेको छ। अन्य वडाको सम्पूर्ण मत गणना भइसकेको छ।

याे पनि-पाेखरामा नेपाली कांग्रेसले वडा नम्बर १ र १७ नम्बर वडामा पुनः गणना माग गर्दै निवेदन दिएको छ । उक्त वडामा नेकपा एमाले विजयी भएको थियो ।

सअघि नेकपा एमालेले वडा नम्बर १८ को पुनः मतगणना माग गर्दै निवेदन दिएको थियो । वडा नम्बर १ मा नेकपा एमालेका सहार प्रधान विजयी हुँदा कांग्रेसका सीता गुरुङ पराजित भएकी थिइन् । पोखरा वडा नम्बर १७ मा नेकपा एमालेका राधिका शाही विजयी हुँदा नेपाली कांग्रेसका देवराज आचार्य पराजित भएका थिए ।

अहिले पोखरामा २२, ३२ र ३३ वडाको मत गणना भइरहेको भए पनि नेकपा एमालेका प्रतिनिधि सहभागी नहुँदा मतगणना स्थगित भएको छ ।

अब, हेर्नुहोस समचारको यो भिडियो

Leave a Reply

Your email address will not be published.