अब सवारी चालक अनुमतिपत्र प्रदेशबाटै वितरण गरिने

समाचार

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र सम्बन्धित प्रदेशबाटै वितरण गर्ने व्यवस्था मिलाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सवारी चालक अनुमतिपत्र सम्बन्धित प्रदेशबाटै वितरण गर्ने व्यवस्था मिलाइने बताएकी हुन् ।

वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण सरकारले वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भौगोलिक सूचना प्रणालीमा आधारित एकीकृत जग्गा मूल्यांकन प्रणाली विकास गरी वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गरिने बताएकी हुन् ।

आगामी वर्षदेखि काठमाडौं उपत्यकाको चक्रपथबाहिर र भक्तपुरको अरनिको राजमार्ग वरिपरिका स्थानमा खानेपानीको पाइप बिछ्याउन थालिने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/२०८०को नीति तथा कार्यक्रममा मेलम्ची जलाधारको भौगोलिक र नदी आकृति विज्ञानको अध्ययन प्रतिवेदनको आधारमा मेलम्ची खानेपानी आयोजनाको दिगो पानी पथान्तरणको लागि निकायगत समन्वय गर्ने घोषणा भएको छ ।

पानीको सतह तथा भूमिगत स्रोत संरक्षण गर्दै जनतालाई खानेपानीको आपूर्तिको दिगो व्यवस्था मिलाउने नीति लिने सरकारी योजना छ ।

काठमाडौं उपत्यकाभित्रका जलाधार संरक्षण गर्दै खानेपानी आपूर्ति सुनिश्चित गर्न थप स्रोतको अध्ययन गरिने भएको छ । महादेव खोलामा बहुउद्देश्यीय खानेपानी आयोजनाको निर्माण कार्य प्रारम्भ गर्ने योजना छ । प्रत्येक स्थानीय तहमा प्रशोधित ढलसहितको फोहर पानी व्यवस्थापन गर्ने सुविधा पुर्‍याउने नीति सरकारको छ ।

Leave a Reply

Your email address will not be published.