यस्ता क्षेत्रमा विद्युत्‌मा थप सहुलियत प्रदान गरिने, ग्यासको प्रयोग घटाउन मूल्य घटाउने

समाचार

काठमाडौँ । सरकारले विद्युत्‌मा थप सहुलियत प्रदान गरिने कार्यक्रम ल्याएको छ । सिँचाइमा खपत हुने विद्युत्‌मा सहुलियत बढाउने भएको छ ।

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले आगामी आर्थिक वर्ष कृषिलाई प्राथमिकता दिँदै सिँचाई सुविधाका कार्यक्रम ल्याउन लागिएको जानकारी दिनुभयो ।

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले मधेसका कृषियोग्य पकेट क्षेत्रमा पानी संचय पोखरी, स्यालो तथा ट्युबट्युवेलबाट थप जमिनमा सिँचाइ सुविधा विस्तार गरिने उल्लेख गर्नुभयो ।

उहाँका अनुसार सिँचाइ कार्यमा खपत हुने विद्युत्‌मा थप सहुलियत प्रदान गरिनेछ ।

आगामी आर्थिक वर्षमा २२ हजार २ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने नीति सरकारले लिएको छ ।

ठूला र शाखा नहरको निर्माण र मर्मत कार्य गर्ने पनि सरकारको नीतिमा उल्लेख छ । ठूला सिँचाइ योजना निर्माण कार्य तीव्र रूपमा अगाडि बढाउने नीति सरकारको छ ।

खाना पकाउने ग्यासको प्रयोग घटाउन विद्युत्‌ को मूल्य घटाउने सरकारले तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published.