ढुक्क बालेन, स्थापित र सिर्जनामा तीव्र प्रतिस्पर्धामा, अहिले स्थापित अगाडि

राजनिति समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रतालाई अझै कायम गरिरहेका छन् ।पछिल्लो मत परिणाम अनुसार उनले ५३०५६ मत प्राप्त गरका छन् । उनले अन्य प्रतिस्पर्धीहरु भन्दा लामो अग्रता कायम गरिरहेका हुन् ।

त्यस्तैगरी उनका प्रतिद्वन्द्वी तथा नेकपा एमाले उम्मेदवार केशव स्थापितले ३३ हजार १६६ मत ल्याएर दोस्रो पोजिशन कायम गरेका छन् । यसअघि उनी नेपाली काँग्रेसका मेयरका उम्मेदवार सिर्जना सिंहभन्दा पछि थिए ।
हालसम्म सिर्जना सिंहले ३३१०५ मत प्राप्त गरेकी छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म काठमाडौं महानगरपालिकाको १ लाख ६४ हजार ५६० मत गनिसकिएको हो । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ ।

कास्की । पोखरा महानगरको मेयरमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य निर्वाचित भएका छन् । एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतान्तरले हराउँदै उन िनिर्वाचित भएका हुन् ।

गठबन्धनको तर्फबाट उम्मदेवार दिएका एकीकृत समाजवादीका आर्चायले ५८ हजार ८ सय ९३ मत ल्याए । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका थापाले ५२ हजार ८ सय ४८ मत पाए ।

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले कांग्रेसकी कोपिला रानाभाटलाई हराइन् । गुरुङले ६० हजार ५ सय ४६ मत र रानाभाटले ५६ हजार ६ सय ६३ मत ल्याइन् ।

आचार्यले २५ वर्षदेखिको एमाले विरासतलाई भत्काउँदै मेयरमा निर्वाचित भएका हुन् । यसअघि थापा ०५४ मा एमालेबाट तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए । ०७४ मा एमालेकै मानबहादुर जीसी महानगरको मेयरमा निर्वाचित भएका थिए । यसअघिको निर्वाचनमा एमालेले जितेका वडासमेत यसपल्ट गुमाएको छ ।

Leave a Reply

Your email address will not be published.