हानेर महिलाको हत्या गरेपछि भेडालाई तीन बर्ष कैद सजायको फैसला

समाचार

काठमाडौं । हत्या गरेको अभियोगमा भेडालाई तीन वर्ष जेल सजाय भएको छ । दक्षिण सुडानमा एउटा यस्तो रोचक घटना देखा परेको हो ।

भेडामाथि एक महिलाको हत्या गरेको अभियोग लागेको छ । सोही अपराधमा तीन वर्ष जेल सजाय सुनाइएको हो ।

सुडानका सञ्चारमाध्यमहरुका अनुसार यस महिनाको सुरुमा दक्षिण सुडानमा ४५ वर्षीय अधियु चापिङलाई भेडाले आक्रमण गरेको थियो ।

त्यसपछि भेडालाई प्रहरी हिरासतमा लिइएको थियो । भेडाले चापिङलाई बारम्बार टाउकोमा हान्नुका साथै करङ समेत भाँचेको थियो ।

गम्भीर चोटका कारण ४५ वर्षीया महिलाको तत्काल मृत्यु भयो । त्यहाँको रुम्बेक इस्टको अक्युल योलमा भएको सो घटनापछि भेडालाई पक्राउ गरिएको थियो ।

भेडाले सुडानको लेक राज्यको अडुएल काउन्टी मुख्यालयमा रहेको सैन्य शिविरमा तीन वर्ष कैद काट्नेछ ।

स्थानीय अदालतले भेडाका मालिक दुयोनी मन्याङ धालले पीडित परिवारलाई पाँच वटा गाई बुझाउनुपर्ने आदेश पनि दिएको छ ।

Leave a Reply

Your email address will not be published.