हर्क साम्पाङ एक्सनमा

समाचार

काठमाडौं । धरानका नवनियुक्त मेयर हर्क साम्पाङ फिल्डमा खटिइसकेका छन् ।देशभरका अधिकांश मेयरहरु जितको खुशियाली मनाइरहँदा साम्पाङ भने फिल्डमा खटिएर काम गरिरहेका छन् ।

साम्पाङ आज धरानको खानेपानी मुहानमा पुगेर सरसफाई गर्न निर्देशन दिएका छन ।उनले मुहानमा कमजोरी सच्याउन निर्देशन दिए । आफै सरसफाईमा सक्रिय भए ।

साम्पाङले आफ्नो पहिलो उद्देश्य धरानको खानेपानीको समस्या समाधान गर्नु रहेको बताइसकेका छन् ।उनले चुनावमा जितेपछि खुशी मनाउने भन्दा काम गरेर देखाउन भनेका छन् ।

धरान । ठूला राजनीतिक दल नेकपा (एमाले) र नेपाली कांग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गदैँ एकाएक स्वतन्त्रबाट प्रमुखमा विजयी भएका हर्कराज राईले उपमहानगरपालिकाको महङ्गो सवारी साधन प्रयोग नगरी जनताको सेवा गर्ने प्रतिबद्धता जनाएका छन् ।उनले जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र आफूसँग भएको पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्ने बताए ।

उनले सामाजिक सञ्चालबाट गाडी नचढ्ने बताएका हुन्। “म करोडौँ पर्ने गाडी चढेर हिँडे भने बाटोका खाल्डा र भत्केका सडक देखिँदैनन्, त्यसैले म सडकमै हिँडन चाहन्छु, किनकी ती भत्केका खाडल पुर्नेछु, बिग्रिएका बाटो मर्मत गर्नेछु”, उनले भनेका छन् ।

धरानमा सामाजिक सरोकारका विषयमा आवाज उठाउँदैँ आएका राईले सामाजिक सञ्जालबाटै समस्या परे फोन गर्न आफ्नो निजी नं वितरण गरेका छन् । “पानी नआउने, लाइन नआउने, बेथिति र अनियमितता भएको अवस्था छ, भने मलाई कल गर्नु होला (९८१९०१२३७१ र ९७४६९६५१९८), तपाइँको सेवक, जय धरान”, उनले भनेका छन् । उपमहानगरपालिका प्रशासन महाशाखाअन्तर्गत स्टोर विभागले प्रमुखका लागि को१ज ६४० नं को आरमदायी स्कोर्पियो तयारी अवस्थामा राखीदिएको छ ।

चालक पनि तयारी अवस्थामा रहका छन् । यस्तै उपप्रमुखका लागि पनि गाडी तयारी अवस्थामा राखिएको प्रशासन महाशाखा प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिए । “हामीले उहाँहरुले पाउने सेवा सुविधा तयारी अवस्थामा राखेका छौँ, सुविधा लिने वा नलिने भन्ने उहाँहरुको इच्छा हो”, अधिकृत खतिवडाले भने । मङ्गलबार पदभार ग्रहणपछि प्रमुख राई उपमहानगरपालिका पुगेका छैनन् । आफू जनताका आधारभूत र अति आवश्यक समस्या समाधान नभएसम्म फिल्डमै हुने प्रमुखमा विजयी हुने बित्तिकै उनले घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published.