श्रीमतीको दुर्व्यवहार खेप्न नसकेका प्रधानाध्यापकलाई अन्तत: अदालतले दियो सुरक्षा

राेचक

काठमाडौं । सामान्यतया महिलाहरु हिंसामा परेको खबर आउने गरेका छन् । तर बाहिर नआए पनि पुरुषहरु हिंसामा पर्ने गरेका छन् ।यस्तै एक घटना बाहिर आएको छ । भारत, राजस्थानको अलवरस्थित भिवाडीमा बस्ने एक विद्यालयका प्रधानाध्यापकलाई अदालतले सुरक्षा दिएको हो ।

यो सुरक्षा उनलाई कुनै गुण्डा वा बदमाशबाट बचाउनको लागि होइन् । उनलाई आफ्नै पत्नीबाट बचाउन दिइएको हो ।

वास्तवमा प्रेमविवाह गरेका विद्यालयका प्रधानाध्यापकलाई श्रीमतीले दुव्र्यवहार गरिरहेका छन् । उनकी श्रीमतीले उनलाई दिनहुँ कुटपिट गर्छिन् । तर एक वर्षसम्म उनले यो यातनालाई निरन्तर सहने गरेका थिए ।

तर जब सबै कुराले हद पार गर्यो, त्यसपछि उनले बच्न घरमा सीसीटीभी क्यामेरा जडान गर्नुपर्यो ।

तर श्रीमतीले त्यसको पनि वास्ता गरिनन्, कुटपिट जारी राखिन् । तर जब धैर्यताले सीमा नाघ्यो, त्यही सीसीटीभी फुटेजसहित प्रधानाध्यापकले सुरक्षाको लागि अदालतमा अपिल गरेका हुन् ।

श्रीमतीले दिएको यातनाका यी भिडियो हेरेर अदालतले प्रधानाध्यापकलाई सुरक्षा दिनुका साथै यस विषयमा अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ ।

यो पूरा घटना अलवर, भिवाडीको हो । त्यहाँ विद्यालयका प्रधानाध्यापक अजित यादवले सोनीपत निवासी एक महिलासँग प्रेम विवाह गरेका थिए । प्रेम विवाहपछि केही दिन जीवन राम्रै चल्यो तर त्यसपछि श्रीमतीको दुव्र्यवहार सुरु भयो । दिनप्रतिदिन अत्याचार बढ्न थाल्यो ।

त्यसपछि पीडित प्रधानाध्यापकले आफ्नो सुरक्षाको माग गर्दै न्यायका लागि भिवडी अदालतमा निवेदन दिएका हुन् । प्रहरीले अहिले उनको सुरक्षाका लागि आदेश जारी गरेको छ ।

अजित सिंहले सोनीपत निवासी सुमनसँग ७ वर्षअघि प्रेमविवाह गरेका थिए । तर विवाहको केही समयपछि सुमनको व्यवहार परिवर्तन हुँदै गयो ।

आजभोलि हरेक दिन श्रीमती सुमनले पति अजित सिंहलाई यातना दिने गरेकी छिन् । कहिले क्रिकेट खेल्ने ब्याटले, कहिले खाना पकाउने प्यान वा घरको कुनै पनि हतियार वा सामानले पिट्ने गरेकी छिन् ।

श्रीमतीको कुटपिटपछि अजित सिंहलाई ठाउँ–ठाउँमा चोट लागेको छ । प्रधानाध्यापक अजित सिंहले अहिलेसम्म स्थानीय र शिक्षक साथिबीच आफ्नो इज्जत जोगाउन यता–उता उपचार गरेर घटना लुकाउने गरेका थिए ।

धेरै पटक अजित सिंह गम्भीर घाइते भए पनि आफ्नो इज्जतको ख्याल गर्दै उनले यो कुरा कसैलाई भन्ने गरेका थिएनन् ।

लामो समयसम्म यातना दिएपछि उनले सहन सक्ने अवस्था थिएन् । सबै कुराले हद पार गरेपछि आफूले घरमा सीसीटीभी क्यामेरा जडान गरेको अजित सिंह बताउँछन् ।

यसो गर्दा श्रीमतीले आफ्नो व्यवहार बदल्ने विश्वास गरिएको थियो । तर उनले सीसीटीभी क्यामेराको वास्ता गरिनन् ।

झगडा बढेपछि सीसीटीभी क्यामेराको फुटेजका आधारमा सुरक्षाका लागि अदालतमा निवेदन दिएको उनी बताउँछन् । ८ वर्षीय छोराको अगाडि श्रीमतीले कुटपिट गर्ने गरेको उनले आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published.