फोर्ब्सको प्रभावशाली युवाको सूचीमा नेपालका पाँच युवा

समाचार

काठमाडौं । फोर्ब्सले यस वर्षको एसियाका ‘३० अन्डर ३० एसिया’ अर्थात् ३० वर्ष मुनिका ३० जना प्रभावशाली एसियाली युवाहरूको सूची सार्वजनिक गरेको छ।

उक्त सूचीमा नेपालका पाँच युवा पनि छानिएका छन्। सूचीमा सुजित पाठक, सुमित दाहाल, ऐश्वर्या रानी सिंह, निरज काफ्ले र सन्तोष पाण्डे छानिएका हुन् ।
फोर्ब्सका अनुसार यस वर्षको सूचीमा चार हजारभन्दा बढी उम्मेदवारहरूले आवेदन दिएका थिए।

यसबाट जम्मा तीन सय जना छनौट गरिएको थियो। र, सोही तीन सय जनाबाट ३० वर्ष मुनिका ३० जना उद्यमी, सामाजिक काममा सक्रिय, नेतृत्वदायी र समाजमा सकारात्मक भूमिका निर्वाह गरेका युवाहरू फोर्ब्सको ‘३० अन्डर ३० एसिया मा चुनिएका हुन्।

उक्त लिस्टमा नेपाल सहितका २२ देश र क्षेत्रहरूको प्रतिनिधित्व छ। ६१ नोमिनीहरुसहित भारत पहिलो स्थानमा छ भने ३४ नोमिनीहरुसहित सिंगापुर दोस्रो स्थानमा परेको छ।

३३ युवाहरु समावेश भएको लिस्टमा जापान तेस्रो नम्बरमा छ भने ३२ जना नोमिनीहरु छानिएर अष्ट्रेलिया चौथो नम्बरमा परेको छ। पाँचौं स्थानमा इन्डोनेसिया र छैठौं स्थानमा चीन छ। इन्डोनेशियाका ३० जना र चीनका २८ जना यस लिस्टमा मनोनित भएका थिए।

फोर्ब्सका अनुसार ई-कमर्स र अनलाइन लर्निंङ सेवाहरू प्रदान गर्ने नवीनतम तरिकाहरूदेखि वेब ३ स्पेसमा उद्यम गर्नसम्म यस सूचीमा रहेकाहरुको अग्रगामी सोचले दृढता र आशावादिता झल्काउँछ। उनीहरूले एशियामा व्यापार र समाजको भविष्यलाई पून: परिभाषित गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published.