एजेन्सी । जापानमा एक व्यक्तिले कुकुर बन्न १९ लाख खर्च गरेका छन् । टोको नामका जापानका यी व्यक्ति अहिले कुकुर बनेका छन् । मानिसबाट कुकुर बनेका टोकोले सामाजिक सञ्जालमा एउटा तस्बिर पनि सेयर गरेका छन् । अहिले उक्त तस्बिर सामाजिक सञ्जालमा यसको असाध्यै चर्चा भइरहेको छ ।
जापानमा बस्ने यी व्यक्तिको बाल्यकालदेखि नै कुकुरको जीवन जिउने सपना थियो । जापानको एक व्यावसायिक एजेन्सी जेपेट वर्कशप कम्पनीले टोकोलाई कुली प्रजातिको कुकुरमा परिणत गरेको छ ।
उक्त व्यक्तिलाई कुकुर बन्न यति धेरै मन लाग्यो कि त्यसका लागि उनले १९ लाख रुपैयाँ (लगभग २० लाख जापानी येन) खर्च गरेका छन् । यति धेरै पैसा लिएर ती व्यक्तिले यस्तो पोसाक बनाए, जसमा उनी ठ्याक्कै कुकुरजस्तै देखिन्छन् । यो पहिरनमा उनलाई चिन्न गाह्रो हुन्छ ।
पोशाक बनाउन करिब ४० दिन लाग्यो । मानिस र कुकुरमा धेरै भिन्नता हुने भएकाले यो पोशाक बनाउन निकै मिहिनेत गरेको कम्पनीले जनाएको छ । टोकोले यो पोशाक लगाएपछि आफू कुकुरजस्तै देखिनुपर्ने इच्छा जताएका थिए ।
【制作事例 追加】
犬 造型スーツ個人の方からのご依頼で、犬の造型スーツを制作しました。
コリー犬をモデルにしており、本物の犬と同様に四足歩行のリアルな犬の姿を再現しております🐕詳細はこちら:https://t.co/0gPoaSb6yn#犬 #Dog #着ぐるみ#特殊造型 #特殊造形 pic.twitter.com/p9072G2846
— 特殊造型ゼペット (@zeppetJP) April 11, 2022