आलोचना गर्ने बिरुद्ध कानुनी उपचारमा जाने करिश्मा मानन्धरको तयारी !

मनोरंजन

काठमाडौं । अभिनेत्री तथा नेकपा एमाले नेत्री करिश्मा मानन्धरले आफूलाई गाली गर्नेहरुको विरुद्ध कानुनी बाटो रोज्ने चेतावनी दिएकी छन् ।

हालै सम्पन्न स्थानीय निर्वाचनमा नेकपा एमालेले राम्रो परिणाम ल्याउन नसकेको विषयमा उनलाई जोडेर विभिन्न नकारात्मक टिप्पणी आउन थालेपछि उनले सामाजिक संजालमार्फत आलोचकलाई चेतावनी दिएकी हुन् ।

जीवनमा कसैको नराम्रो नचिताएको, कसैको नराम्रो नगरेको र आफूसँग भएको र सकेको बाँडेको बताएकी उनले बिना कारण मानसिक पीडा दिने शब्द प्रयोग गर्ने अधिकार कसैलाई नभएको बताइन् ।

‘यत्रोवर्ष चलचित्रमा क्षेत्रमा काम गरेर देश र जनतालाई अभिनय पस्किएँ । कुनै चलचित्र चले कुनै चलेनन् । तर तल्लोस्तरको टिप्पणी कहिल्यै भोग्नु परेन’ उनले भनिन् ‘ राजनीतिमा कुनै गलत अभिप्रायले पाइला राखेको होइन ।

जीवनभर पुग्ने सबै छ मसँग ।’ आफू राजनीतिमा सबैको आवाज बन्न केही गर्न आएको बताउँदै उनले ‘के आधारमा यो गाली गर्दै हुनुहुन्छ तपाईंहरु मलाई रु’ भन्दै प्रश्न समेत गरेकी छन् ।

‘हो एक दुई पटकसम्म सहनु ठिक छ । तर बारम्बार गर्दा अति हुन्छ’ उनले अगाडि थपेकी छन्, ‘बिहान उठेर फोन हेर्नासाथ यहाँहरुको जे पायो त्यही भनाइ हेर्नुपर्ने रु’ उनले राम्रो सोच्न, राम्रो बोल्न सबैलाई सुझाएकी छन् ।

Leave a Reply

Your email address will not be published.