ढोका नजिक रोप्नुहोस् यी विरुवा : हुनेछ पैसाको बर्षा, ढोकामै बस्नुहुनेछ माता लक्ष्मी

राेचक

काठमाडौं । रुख र बोटबिरुवा रोप्दा हाम्रो घर सुन्दर मात्र बन्दैन, सकारात्मक उर्जा पनि प्राप्त हुन्छ ।

घरमा बिरुवा राख्दा हराएको समृद्धि फिर्ता हुने विश्वास गरिन्छ । घरमा रुख र बोटबिरुवा रोप्दा सुख–शान्तिको वातावरण रहन्छ ।

यसो गर्नाले घरमा पैसाको कहिल्यै कमी हुँदैन । प्रायः तपाईले देख्नु भएको होला मानिसहरु आर्थिक समृद्धिको लागि घर भित्र पैसा फल्ने बिरुवा लगाउँछन् ।

तर के तपाईलाई यस्ता बिरुवाहरुको बारेमा थाहा छ, जसलाई मुख्य प्रवेशद्वारमा रोप्दा घरमा धेरै धन आर्जन हुन्छ ।

ज्योतिषाचार्य शैलेन्द्र पाण्डेका अनुसार घरको मुख्य ढोकाको देब्रेपट्टि शमीको बिरुवा लगाउनु निकै शुभ मानिन्छ । यस स्थानमा शमीको बिरुवा रोप्नाले माता लक्ष्मीको आशीर्वाद सदैव रहन्छ र घरमा कहिल्यै धनको कमी हुँदैन ।

त्यसैगरी मुख्य गेटको दायाँपट्टि रहेको अनारको बोटले पनि मानिसलाई भाग्यशाली बनाउँछ । मुख्य द्वारको दाहिने छेउमा अनारको बोट रोप्दा देवी लक्ष्मी र धनकुबेर तपाईको ढोकातर्फ प्रवेश गर्ने विश्वास गरिन्छ ।

यदि तपाई खर्च घटाउन र बैंकको रकम सुधार्न चाहनुहुन्छ भने तपाईले मुख्य गेटमा बेलपत्रको बिरुवा पनि रोप्न सक्नुहुन्छ । भनिन्छ, ‘केरा पछाडि, बेल अगाडि, त्यसपछि हेर लक्ष्मीको खेल ।’

अर्थात् घरको पछाडि केराको बोट र अगाडि बेलको बिरुवा लगाउनु पनि निकै शुभ मानिन्छ । यी उपाय अपनाएमा घरमा धन प्राप्ति हुने सम्भावना निकै बढ्छ । ऋण दिएको पैसा पनि तपाइको ढोकामा स्वतः पुग्ने बताइन्छ ।

Leave a Reply

Your email address will not be published.