बालेनले आज धन्यवाद सभा गर्दै, यी रुटमा हुँदैछ र्‍याली ?

राजनिति समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित बालेन (बालेन्द्र) साहले शुक्रबार धन्यवाद सभा गर्दैछन् ।
शुक्रबार बिहान टुँडीखेलमा बालेनको धन्यवाद सभा हुने उनका समर्थक तथा कलाकार अर्जुन घिमिरेले जानकारी दिए। त्यसअघि अहिले केहीबेरमा बालेनका समर्थकहरू प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह क्षेत्रमा भेला हुनेछन् ।

त्यसपछि ¥याली निकालिनेछ। ¥याली सभागृहबाट भद्रकाली, सहिद गेट, त्रिपुरेश्वर हुँदै टुँडिखेलमा पुग्नेछ । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा बालेनले स्वतन्त्र उम्मेदवारी दिएर महानगरको प्रमुख निर्वाचित भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वीभन्दा सुरुदेखि नै निकै मतको अग्रता बनाइरहेका साह विजयी भएका हुन्। महानगरको मतगणना बिहीबार राति सकिएको थियो। तर, निर्वाचित भएको औपचारिक घोषणा भने बिहा ८ बजे गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

महानगरको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल भारी मतसहित विजयी भएकी छन् ।

Leave a Reply

Your email address will not be published.