सर्वोच्चले यौन व्यवसायलाई पेशाको मान्यता दियो : यौनकर्मीलाई पक्राउ नगर्न, सजाय नदिन आदेश

समाचार

सर्वोच्च अदालतले यौन व्यवसायलाई पेशाका रूपमा मान्यता दिएको छ ।वेश्यालयमा छापा मार्दा यौनकर्मीलाई पक्राउ गर्न वा सजाय दिन नहुने कुरा अदालतले प्रष्ट पारेको हो ।अदालतले आफ्नो आदेशमा वयस्क र सहमतिमा हुने यौनकर्मीको काममा हस्तक्षेप नगर्न प्रहरीलाई निर्देशन दिएको छ ।

अदालतले उनीहरूमाथि फौजदारी मुद्दामा कारबाही गर्न नहुने बताएको हो । सर्वोच्च अदालतले यौन व्यवसायलाई पेशाका रूपमा मान्यता दिँदै यस्तो निर्देशन जारी गरेको हो ।अदालतका अनुसार यो पेशालाई पनि कानुनले सम्मान र संरक्षण दिनुपर्छ । द हिन्दुको समाचारका अनुसार सर्वोच्च अदालतको नयाँ आदेश अनुसार यदि कुनै यौनकर्मी वयस्क छ र आफ्नो इच्छाले यो पेशामा लागेको छ भने प्रहरीले उत्पीडन गर्न सक्दैन् ।

भारतको सर्वोच्च अदालतले आफ्नो आदेशमा संविधानको मौलिक हकलाई उल्लेख गर्दै धारा २१ को उल्लेख गरेको छ । भारतमा प्रयोग भएका नजिरले नेपालमापनि प्रभाव जमाउँदै आएको छ । यस फैसलाको असर नेपालमापनि पर्ने देखिन्छ ।

अदालतले पेशा जुनसुकै भए पनि भारतका प्रत्येक व्यक्तिलाई संविधानले सम्मानजनक जीवनयापन गर्ने अधिकार दिएको बताएको हो ।सर्वोच्च अदालतले आफ्नो आदेशमा यौनकर्मीलाई पनि अन्य नागरिकजस्तै कानुनी संरक्षणको समान हक रहेको कुरा स्पष्ट पारेको छ ।

साथै, अदालतले फौजदारी कानुनलाई उमेर र सहमतिका आधारमा लागू गर्न भनेको छ । यदि कुनै यौनकर्मी वयस्क छ र उसको मञ्जुरीमा सो कार्य गरिरहेको छ भने, प्रहरीले त्यस्तो कुनै पनि व्यक्तिमाथि हस्तक्षेप गर्न मिल्दैन् ।न्यायधीश नागेश्वर रावको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले धारा १४२ अन्तर्गत विशेष अधिकारको सन्दर्भमा यस्तो आदेश दिएको हो ।
स्वतन्त्रहरुको शानदार जित-काठमाडौं । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभरमा १३ पालिकाको प्रमुखसहित ३ सय ८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

स्थानीय तह निर्वाचनमा राजनीतिक दलबाट टिकट नपाएर बागी उठेका देखि समाजमा आन्दोलनको नेतृत्व गरिरहेका भुइँमान्छेसम्मले स्वतन्त्र रूपमा उम्मेदवारी दिएर जित हात पारेका हुन् ।

निर्वाचन आयोगको विवरणअनुसार देशभरका ७ सय ५३ पालिकामध्ये १३ पालिकामा स्वतन्त्र उम्मेदवारले पालिकाको प्रमुख÷अध्यक्ष पदमा नेतृत्व हात पारेका छन् । यस्तै, चार जना स्वतन्त्र उम्मेदवार पालिकाका उपप्रमुख÷उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

यसैगरी, देशभरका ६ हजार ७ सय ४३ वडामध्ये १ सय ३७ वडाको वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित बनेका छन् भने देशभरमा गरी ५७ जना महिला वडा सदस्य पदमा स्वतन्त्र रूपमा निर्वाचित भएका छन् ।

यस्तै, दलित महिला वडा सदस्यतर्फ देशभरमा गरी ५५ जना स्वतन्त्र उम्मेदवारले जित निकाल्दा खुला वडा सदस्यमा देशभरमा १ सय १९ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published.