अभिनेत्री मलाइकाको पहिरनमा के त्यस्तो देखिन्छ, जसलाई मानिसहरु छि थर्ड क्लास भनिरहेका छन् !

मनोरंजन

काठमाडौं । बलिउडका चर्चित फिल्म निर्माता करण जोहर २५ मेमा ५० वर्षका भएका छन् ।सो अवसरमा उनले भव्य पार्टी पनि दिएका थिए । जसमा टिभीदेखि चलचित्र जगतका धेरै ठूला कलाकारहरुको सहभागिता रहेको थियो ।

उक्त पार्टीमा बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोडा पनि पुगेकी थिइन् । मलाइका पार्टीमा पुगेपछि सबैले उनलाई हेरिरहेका थिए ।

तर, उनको तस्बिर र भिडियो सामाजिक सञ्जालमा आएपछि उनी ट्रोल हुनुपर्यो ।वास्तवमा, यस समयमा मलाइकाले हरियो सर्ट र ब्रालेटको साथ ओभरसाइज कोट लगाएकी थिइन् ।

उनले पक्कै पनि आफ्नो हरियो पोशाकबाट सबैको ध्यान लुटिन् । तर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको पहिरनलाई पटक्कै मन पराएका छैनन् ।

जसकारण मानिसहरुले उनलाई निकै ट्रोल गरिरहेका छन् । यो ड्रेसिङ सेन्सलाई धेरैले गलत भनिरहेका छन् ।उनको ठूला आकारका कपडाहरुमाथि प्रश्न उठिरहेको छ, त्यसैले कतिपयले उनको यो शैलीलाई थर्ड क्लास भनेका छन् ।

यति मात्र होइन, एक प्रयोगकर्ताले उनलाई हरियो रंगको ड्रेसलाई लिएर पोपट पनि भनेका थिए ।यसै क्रममा धेरै प्रयोगकर्ताहरूले मलाइका जिमबाट सिधै पार्टीमा आउँदै गरेको समेत बताएका छन् ।

मलाइका आफ्नो पहिरनका कारण ट्रोलको सिकार बनेको यो पहिलो पटक भने होइन, तर उनी आफ्नो ड्रेसिङ सेन्सका कारण यसरी ट्रोल भइरहेकी हुन्छिन् ।

Leave a Reply

Your email address will not be published.