बालेनको जितमा अध्यक्ष प्रचण्डको प्रतिकृया

समाचार

काठमाडौं । काठमाडौं महनागरपालिकाका नवनिर्वाचि मेयर बालेन्द्र साहलाई बधाई आउने क्रम जारी छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि शुभकामना दिनु भएको छ ।

अध्यक्ष प्रचण्डले भन्नु भएको छ, ‘काठमाडौंमा बालेन जसरी आउनु भयो, मैले त्यसलाई सकारात्मक ठान्छु । बालेन जसरी अगाडि आउनु भयो त्यो चाहिँ पार्टीहरुका लागि पनि सकारात्मक नै कुरा हो भन्ने ठान्छु फेरी । सबै पार्टीहरुका लागि पनि एउटा सन्देश दिनु भएको छ उहाँले, त्यस अर्थमा उहाँलाई म बधाई भन्न चाहन्छु ।’

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौंको मेयर पदमा स्वतन्त्र उम्मेदवार दिएका बालेन्द्र शाह (बालेन) विजयी हुनु भएको छ । बालेनले ६१ हजा र ७६७ मत प्राप्त गर्दै विजयी हुनु भएको हो ।

काठमाडौंमा बालेनले मत जिते, सिर्जनाले नगरबासीको मन जितिन -न्काठमाडौं । मेयर पदमा पराजित भएपछि नेपाली काँग्रेसबाट काठमाडौं महानगरपालिकाकी प्रत्यासी सिर्जना सिंहले आफ्नो प्रतिकृया दिनु भएको छ ।

उहाँले काठमाडौंमा मत जित्न नसके पनि नगरबासीको मन जितेको बताउनुभयो । काठमाडौंको मेयरमा निर्वाचित बालेन्द्र साह (बालेन) लाई बधाई दिँदै सिंहले यस्तो बताउनु भएको हो ।

आफूले विजयी हुने गरी निश्चय नै मत जित्न नकेको भन्दै उहाँले भन्नुभयो, ‘नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको मन जित्न सकें ।’ लोकतान्त्रिक अभ्यासको यो परिणामलाई हार्दिकतापुर्वक स्वीकार गरेको पनि उहाँले उल्लेख गर्नुभयो ।

निर्वाचित मेयरलाई रचनात्मक साथ र सहयोग गर्ने पनि सिंहले प्रतिबद्धता जनाउनुभयो । बालेनसहित उपप्रमुख, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबैलाई उहाँले बधाई दिनुभयो । सिंहले निर्वाचनमा अहोरात्र सबैलाई धन्यवाद दिनुभयो ।

Leave a Reply

Your email address will not be published.