पृथ्बी पल्टिएमात्रै नेपालमा राजसंस्था फर्कन्छ, नत्र असम्भव छः गोकुल बाँस्कोटा

समाचार

काठमाडौं। नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले एमालेबाहेकका सबै दललाई मिलेर आउन र निर्वाचन एक्लै लड्न चूनौति दिएका छन् ।

उनले आजपनि नेपाली कांग्रेसभन्दा एमालेको जनमत बलियो रहेको दाबी गरेका छन् ।प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले एमालेको पक्षमा १९ प्रतिशत मत बढेको जिकिर गरे । उनले नेपालमा अब राजसंस्था पृथ्बी पल्टिएमात्रै फर्कन नत्र असम्भव रहेको दाबी गरेका छन् ।उनले कांग्रेस, माओवादी केन्द्रले राप्रपासँग तालमेल गरेको भन्दै आपत्ति जनाए । उनले नेपालमा दलीय व्यवस्था कहिल्यैपनि असफल नहुने दाबी गरे ।

उनले स्वतन्त्र उम्मेद्धवारले जित्दैमा आश्चर्य मान्न नहुने पनि जिकिर गरे । काठमाडौं महानगरमा बालेन्द्र साहको जीतलाई बाँस्कोटाले सामान्य रुपमा लिएको स्पष्ट पारे ।उनले कुनै बेला नानीमैयाँ दाहालले पनि जितेको तर पञ्चायत नरहेको स्मरण गराए ।

माओवादीको जित देखेर सहिदहरु हाँसिरहेका छन्ः प्रचण्ड-काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले चुनावमा सिद्धान्तले जितेको बताएका छन् ।

स्वर्गीय पत्रकार कृष्ण सेन इच्छुकको २० औँ स्मृति दिवसको अवसर पारेर आयोजना गरिएको अन्तरक्रिया तथा पुरुस्कार वितरण कार्यक्रममा बोल्दै दाहालले माओवादीले प्रचण्डको भिजनले जितेको र प्रचण्ड बिचार कार्यान्यन भैरहेकोमा सहिदहरु खुसिररहेको बताएका छन् ।

उनले भने ‘माओवादीले चुनाव हारेपनी सिद्धान्त ले जितेको छ, प्रचण्ड को भिजन ले जितेको छ ,प्रचण्ड बिचार कार्यान्यन भैरहेका छन् यस अर्थमा सहिदहरु हाँसिरहेका छन् ।’

दाहालले काठमाडौंमा बालेन जसरी आउनु भयो, त्यसलाई आफूले सकारात्मक ठानेको समेत बताएका छन्। ‘बालेन जसरी अगाडी आउनु भयो त्यो चाहिँ पार्टीहरुका लागि पनि सकारात्मक नै कुरा हो भन्ने ठान्छु, सबै पार्टीहरुका लागि पनि एउटा सन्देश दिनु भएको छ उहाँले, त्यस अर्थमा उहाँलाई म बधाई भन्न चाहन्छु।’ दाहालले भने ।

Leave a Reply

Your email address will not be published.