जनताको शासक होइन सेवक बन्न तत्पर छुः सुनिता डंगोल

राजनिति समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले जनताको शासक नभई सेवक हुने प्रतिवद्धता व्यक्त गरेकी छन् ।विजय र्‍याली गर्ने क्रममा राष्ट्रिय सभा गृहमा मतदाता तथा शुभेच्छुकलाई उनले भनिन्, ‘जनताको शासक होइन, सेवक बन्न तत्पर छु । सेवक बन्ने प्रतिवद्धता पनि जाहेर गर्दछु ।’

जितहारको मानसिकताभन्दा माथि उठेर काठमाडौं महानगरलाई सफा, स्वच्छ र व्यवस्थित बनाउने कार्यमा लाग्ने बताइन् । ‘जीवन्त राजधानी सहर बनाउने हो ।

हामीले सोंचेकै जस्तो कान्तिपुरी नगरि बनाउने हो’ डंगोलले भनिन्,’त्यसका लागि जनप्रतिनिधि र कर्मचारी एक ढिक्का भएर लाग्न जरुरी छ । जितहारको मानसिकतालाई रिजल्टसँगै त्याग्नुपर्दछ ।’

युवाहरू सिर्जनात्मक कार्यमा लाग्नुपर्ने डंगोलको जिकिर छ । खुट्टा तान्ने प्रवृत्तिमा नलाग्न सुझाव दिंदै युवाहरूलाई उनलाई आग्रह गरिन्, ‘एक अर्कालाई खुट्टा तान्ने र आलोचना गर्नेमा हाम्रो इनर्जी खर्च गर्नहुँदैन ।

क्रियटिभ र इनोभेटिभ काममा लाग्नुपर्दछ । युवाले राजनीतिमा लाग्नु हुँदैन भन्ने मानसिकता नराखेर युवा अघि बढेकाले आशाको दीप बढेको छ । यो दीपलाई कदापी मर्न दिने छैनौं ।’

पृथ्बी पल्टिएमात्रै नेपालमा राजसंस्था फर्कन्छ, नत्र असम्भव छः गोकुल बाँस्कोटा-काठमाडौं। नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले एमालेबाहेकका सबै दललाई मिलेर आउन र निर्वाचन एक्लै लड्न चूनौति दिएका छन् ।

उनले आजपनि नेपाली कांग्रेसभन्दा एमालेको जनमत बलियो रहेको दाबी गरेका छन् ।प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले एमालेको पक्षमा १९ प्रतिशत मत बढेको जिकिर गरे । उनले नेपालमा अब राजसंस्था पृथ्बी पल्टिएमात्रै फर्कन नत्र असम्भव रहेको दाबी गरेका छन् ।उनले कांग्रेस, माओवादी केन्द्रले राप्रपासँग तालमेल गरेको भन्दै आपत्ति जनाए । उनले नेपालमा दलीय व्यवस्था कहिल्यैपनि असफल नहुने दाबी गरे ।

उनले स्वतन्त्र उम्मेद्धवारले जित्दैमा आश्चर्य मान्न नहुने पनि जिकिर गरे । काठमाडौं महानगरमा बालेन्द्र साहको जीतलाई बाँस्कोटाले सामान्य रुपमा लिएको स्पष्ट पारे ।उनले कुनै बेला नानीमैयाँ दाहालले पनि जितेको तर पञ्चायत नरहेको स्मरण गराए ।

Leave a Reply

Your email address will not be published.