दुर्घटनामा घाइते रेनु दाहालको अवस्था खतरामुक्त

समाचार

काठमाडौं । दुर्घटनामा घाइते भएकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।उनको हाल ललितपुरको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेपछि टाँका लगाइएको र अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।

उनी सवार प्रदेश ३०.१.०२३ च ७३१८ नम्बर गाडी शुक्रबार जावलाखेलमा दुर्घटना भएको थियो । टायर पञ्चर भएर गाडी बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट गाडीको एक भागमा नराम्ररी क्षति पुगेको छ । गाडी गुल्मी घर भइ ललितपुरको हात्तीवन बस्ने अनिल कुमार पाठकले चलाएका थिए ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण गर्ने तयारी सुरु भएको छ  । असार अन्तिम साता भ्रमणमा जाने गरि तयारी थालिएको छ ।नेपाल–अमेरिका ७५ वर्षगाँठको अवसरमा दुवै पक्षको सहमतिअनुसार प्रधानमन्त्री देउवाको भ्रमणसम्बन्धी गृहकार्य दुवैतर्फ चलिरहेको उच्च कुटनीतिक स्रोतले बताएको छ ।

नेपालको सरकार प्रमुखबाट करीब दुई दशकपछि अमेरिकाको भ्रमण हुन लागेको हो । यसअघि देउवाले नै २०५९ वैशाख २३-२८ मा सरकार प्रमुखको रुपमा अमेरिकाको औपचारिक भ्रमण गरेका थिए ।

त्यसपछि नेपालको तर्फबाट अहिलेसम्म प्रधानमन्त्री तहको उच्चस्तरको भ्रमण हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published.