रोचक खुलासा, बालेनले केशव स्थापितलाई बुवा र सृजना सिंहलाई आमा भन्नुको रहस्य यस्तो पो !

राजनिति समाचार

लौरो चिन्ह लिएर स्वतन्त्र उमेदवार बनेका बालेन शाह भारी मतान्तरले देशकै राजधानी रहेको काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भए पछि सर्वत्र उनकै चर्चा चलिरहेको छ । उनका बारेमा रोचक खुलासाहरु पनि भइरहेका छन् ।

विपक्षीलाई चर्को स्वरले गाली नगरी, ठूलो तडकभडक र खर्च नगरि चुनाव जितिँदैन भन्ने मान्यतालाई बालेनको जितले भत्काइदिएको छ । कसैलाई गाली नगरी नम्र कुरा गरेर पनि चुनाव जित्न सकिन्छ भन्ने मानक पनि उनले स्थापित गरेका छन् ।

काठमाडौँ महानगरपालिकामा नेकपा एमालेले मेयरको उमेदवार बनाएका केशव स्थापितले एक पटक बालेनलाई ठग भनेर रुखो आलोचना गरे बालेन रिसाएनन् बरु उनले ढुंगाको जवाफ पूmलले दिए ।

बालेनले मिठो स्वरमा स्थापितले आफ्नो ब्राण्ड एम्बासडरको काम गरेको भनेर जवाफ दिए, स्थापितलाई बुवा भनेर सम्बोधन गरे ।चुनावी दौरानभरिनै बालेनले कहिल्यै रुखो र छुच्चो बोलेनन् केशव स्थापितलाई बुवा र गठबन्धनको तर्फबाट उमेदवार बनेकी सृजना सिंहलाई उनले आमा भनेर सम्बोधन गरे । यसो गर्दा उनी प्रति जनताको सहानुभूती झनै बढ्यो । स्थापितलाई बुवा र सिंहलाई आमा भनेर सम्बोधन गर्ने आइडिया भने बालेनले आफ्ना गुरुबाट पाएका रहेछन् ।

माधव नेपालले आफ्नै कुकर्मको सजाय पाए ठिक्क भयो :डा सुन्दरमाणी- दिक्षितहालै सम्पन्न स्थानिय तहको निर्वाचनमा नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एसले नमिठो धक्का खाएको छ । एस पार्टीको पराजयका बिषयमा विभिन्न कोणबाट चर्चा र विश्लेषण भइरहेको छ ।एस पार्टीले नमिठो पराजय बेहोरेको छ र सो पार्टीका नेताहरुले पनि निर्वाचन परिणामलाई अस्वाभाविक भएको भन्दै गम्मिर समिक्षा गर्ने बताएका छन् ।

हारको पीडामा रहेका माधव कुमार नेपाल र झलनाथ खनालहरु माथीनै नागरिक समाजका अगुवा डा सुन्दरमणी दिक्षितले नमिठो जवाफ दिएका छन् ।ओेटिभी नेपाल डटकम सँगको विशेष कुराकानीमा डा दिक्षितले माधव कुमार नेपाल अध्यक्ष रहेको नेकपा एस पार्टी आफ्नै कुकर्मका कारण पराजित भएको बताएका छन् ।

उक्त पार्टीले हार्नै पर्ने थियो ,हारेको छ एकदम राम्रो भएको छ ,डा दिक्षितले भनेका छन् ।आफ्नै घर जलाउँनेहरुको कहिल्यै भलो नहुने भन्दै डा दिक्षितले माधव नेपाल र झलनाथ खनालहरुले आफ्नै कर्मको फल भोगिरहेको बताएका छन् । उनीहरुलाई स्वार्थी तत्वहरु भन्दै उनले यस्ता तत्वहरुको हार स्वाभाविक भएको बताएका छन् । माधव नेपाल र झलनाथ खनाल त कुनै नेतानै नभएको आरोप पनि डा दिक्षितले लगाएका छन् ।

Leave a Reply

Your email address will not be published.