विप्लवले लुटेको पैसाले आफुलाई पुग्ने अकुत सम्पति जोडेका छन्, विप्लव र प्रकाण्ड गद्दार हुन (भिडियो)

समाचार

स्थानीय तह निर्वाचनमा नेकपाका महासचिवका केहि समर्थकहरुले उमेरदवारी पनि दर्ता गराएका छन् तर उक्त बिषयमा पार्टी भित्रै ठुलो विवाद छ ।

स्थानीय तह निर्वाचनको सदुपयोग गर्ने नेकपा महासचिव विप्लवको केन्द्रीय समितिबाट बहुमतले अस्वीकृत भएको प्रस्तावलाई कार्यान्वयन गर्नतिर पार्टी महासचिव विप्लव र प्रकाण्ड लागिपरेका छन ।

तर केन्द्रीय समितिको बैठकदेखि नै निर्वाचनको विपक्षमा रहेका सचिवालय सदस्य हेमन्तप्रकाश ओली र धर्मेन्द्र बाँस्तोलासहितका नेताले पार्टीलाई नयाँ तरिकाले अघि बढाउनुपर्ने अवस्था आएको बताएका छन् ।

यतिमात्र नभई पार्टीको निर्णयविपरीत जाने महासचिव तथा जोसुकै नेतालाई कारबाही गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

विप्लव नेतृत्वको नेकपाभित्रको अन्तरविरोध अहिले छरपस्ट रुपमै बाहिर आइरहेको छ । यसैबिषयमा केन्द्रीत रहेर पत्रकार निमेष बन्जाडेले नेकपाका नेता हेमन्त ओलीसंग गरेको कुराकानी । source-sandeshnepal

Leave a Reply

Your email address will not be published.