श्रीमतीको गुप्तां<गमा हात हालेर पाठेघर बाहिर निकाल्ने व्यक्ति प<क्रा<उ

समाचार

काठमाडौं । एक व्यक्तिले आफ्नी श्रीमतीको गुप्तांगमा हात हालेर पाठेघर बाहिर निकालिदिएका छन् । चितवनमा एक व्यक्तिले आफ्नी श्रीमतीको गुप्तांगमा हात हालेर पाठेघर बाहिर निकालिदिएका हुन् । चितवनको खैरहनी नगरपालिका–१० स्थित मुसहरवस्तीमा यस्तो दर्दनाक घटना घटेको हो ।

त्यहाँका रामचन्द्र माझीले आफ्नी श्रीमतीको गुप्तांगमा हात हालेर पाठेघर बाहिर निकालिदिएका हुन् । इलाका प्रहरी कार्यालय खैरहनीका अनुसार घरायसी विवादका क्रममा माझीले गएराति श्रीमतीलाई कुटपिट गरेका थिए ।

कुटपिटका क्रममा कोठामा थुनेर श्रीमतीको पाठेघर बाहिर निकालिदिएको खुल्न आएको छ । ती महिलाको भरतपुर अस्तपालमा उपचार भइरहेको छ । घटनापछि प्रहरीले माझीलाई पक्राउ गरेर आवश्यक अनुसन्धान थालेको छ ।

टायर पन्चर भएर मेयर दाहाल सवार गाडी दुर्घटनाग्रस्त-काठमाडौं । भरतपुरकी मेयर रेणु दाहाल सवारी दुर्घटनामा पर्नुभएको छ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल सवारी दुर्घटनामा परेर घाइते हुनु भएको हो ।

उहाँको गाडीको टायर पन्चर भएर दुर्घटना भएको जनाइएको छ । उहाँको टाउकोमा चोट लागेको प्रहरीले बताएको छ । रेणु सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी ललितपुरको स्टाफ कलेजनजिकै दुर्घटनामा परेको थियो ।

दुर्घटनापछि दाहाललाई उपचारका लागि ललितपुरको सुमेरु सिटी अस्पताल लगिएको छ । उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार उहाँको टाउकोमा चोट लागेको छ । पाँचवटा टाँका लगाइएको छ । अन्य अवस्थाबारे भने चेकजाँच भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.