सिसडोल र बन्चरेडाँडा पुगे मेयर बालेन(फोटोफिचर)

समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बलेन शाह काठमाडौंको फोहोर फालिने सिसडोल र बन्चरेडाँडाको ल्यान्डफिल साइट अनुगमनमा पुगेका छन् ।

बिहान मात्रै मेयरमा निर्वाचित भएको घोषित भएका बालेन धन्यवाद र्‍यालीमा सहभागी भएलगत्तै सिसडोल र बन्चरेडाँडा पुगेका हुन् । बन्चरेडाँडामा फोहोर बिसर्जनका लागि गएका गाडीलाई स्थानीयबासीले कतै ढुंगाहरु राखेर अवरोध गरेका छन् भने कतै तगाराहरु राखेका छन् । ती अवरोधहरु छिचोल्दै मेयर दुर्बै डम्पिङ साइटमा पुगेका हुन् ।

उनले स्थानीयहरुसँग फोहोर व्यवस्थापनको अवस्था र उनीहरुको मागबारे छलफल पनि गरेका थिए । काठमाडौंमा करिब ३ महिनादेखि नियमित रुपमा फोहोर उठ्न सकेको छैन । स्थानीयबासीले पनि मेयर बालेनलाई सौहार्दतापूर्वाक आफ्ना मागहरु राखेका थिए ।

उचित क्षतिपूर्ति, मुआब्जा र विभिन्न पूर्वाधारहरुको सुनिश्चितता नगरेसम्म दीर्घकालीन रुपमै फोहोर व्यवस्थापन गर्न नदिने स्थानीयको अडान छ ।

Leave a Reply

Your email address will not be published.