बालेनले फोहोरको समस्या दीर्घकालीन समाधान नभएसम्म जितको उत्सव नमनाउने, खादा र माला नलाउने घोषणा

समाचार

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन)ले उपत्यकाको फोहर व्यवस्थापन सम्बन्धि जानकारी लिन नुवाकोट स्थित ओखरपौवाको डम्पिङ क्षेत्र पुगेका छन्।

निर्वाचित भएको घोषणा भएकै दिन मेयर बालेन नुवाकोटको ओखरपौवा पुगेका हुन् । उनले नुवाकोटस्थित ओखरपौवाको डम्पिङ क्षेत्रमा निरिक्षण गरेका छन् । काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा समस्या रहँदै आएको छ । कहिलेकाँही महिनौँ दिनसम्म पनि फोहोर नउठ्दा राजधानीबासीले समस्या भोग्दै आएका छन् ।

स्थानीय तह निर्वाचनमा जाँदा प्राय उम्मेदवारले निर्वाचित भए फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका थिए । नवनिर्वाचित मेयर बालेनको पनि फोहोर व्यवस्थापन गर्ने योजना थियो । उनी निर्वाचित भएको आजै निर्वाचन आयोगले घोषणा गरेको हो ।

उनले स्थानीयको गुनासो र मागहरु सुन्नुका साथै स्थानीयको माग सम्बोधन गरी काठमाडौंको फोहोर व्यवस्थापन गरेसम्म खादा माला नलगाउने पनि बताएका छन् । मेयर बालेन साहले महानगरमा फोहोरको समस्या समाधान नभएसम्म अन्तर्वार्ता पनि नदिने घोषणा गरेका छन्।

‘हामीले त्यसको परिपूर्ति गर्न उहाँसँग अनुरोध गरेका छौं। यहाँको फोहोरलाई आधुनिक र व्यवस्थित तरिकाले व्यवस्थापन गर्न भनेका छौं,’ उनले भने, ‘उहाँले चाँडै नै निरूपण गर्न छलफलमा बस्छु भन्नुभएको छ। सरकार र जनताले सधैं काठमाडौंको फोहोरबारे आन्दोलन गर्नुपरेको छ, यो अवस्था अन्त्य गर्न कसरी हुन्छ सकेसम्म चाँडो कस्तो कार्यक्रम ल्याउन सकिन्छ भनेर छलफलमा बसिहाल्छु भन्नुभएको छ।’

Leave a Reply

Your email address will not be published.