आज यी स्थानमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

Uncategorized समाचार

काठमाडौं । बिहानैदेखि आज शनिवार मौसम धुम्म रहेको छ । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शनिबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागका केहि स्थानहरूमा मेघ गर्जन र चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यता आइतबार पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ र हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सिसडोल र बन्चरेडाँडा पुगे मेयर बालेन-काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बलेन शाह काठमाडौंको फोहोर फालिने सिसडोल र बन्चरेडाँडाको ल्यान्डफिल साइट अनुगमनमा पुगेका छन् ।

बिहान मात्रै मेयरमा निर्वाचित भएको घोषित भएका बालेन धन्यवाद र्‍यालीमा सहभागी भएलगत्तै सिसडोल र बन्चरेडाँडा पुगेका हुन् । बन्चरेडाँडामा फोहोर बिसर्जनका लागि गएका गाडीलाई स्थानीयबासीले कतै ढुंगाहरु राखेर अवरोध गरेका छन् भने कतै तगाराहरु राखेका छन् । ती अवरोधहरु छिचोल्दै मेयर दुर्बै डम्पिङ साइटमा पुगेका हुन् ।

उनले स्थानीयहरुसँग फोहोर व्यवस्थापनको अवस्था र उनीहरुको मागबारे छलफल पनि गरेका थिए । काठमाडौंमा करिब ३ महिनादेखि नियमित रुपमा फोहोर उठ्न सकेको छैन । स्थानीयबासीले पनि मेयर बालेनलाई सौहार्दतापूर्वाक आफ्ना मागहरु राखेका थिए ।

उचित क्षतिपूर्ति, मुआब्जा र विभिन्न पूर्वाधारहरुको सुनिश्चितता नगरेसम्म दीर्घकालीन रुपमै फोहोर व्यवस्थापन गर्न नदिने स्थानीयको अडान छ ।

Leave a Reply

Your email address will not be published.