स्वतन्त्र उम्मेदवारीबाट विजयी जनप्रतिनिधि प्रति प्रचण्डको अनौठो टिप्पणी !

राजनिति समाचार

काठमाडौं । नेकपा माओवादी (केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहमा स्वतन्त्र उम्मेदवारीबाट विजयी जनप्रतिनिधिका सन्र्दभमा अनौठो टिप्पणी गर्नुभएको छ ।

उहाँले धरान उपमहानगरपालिकाका हर्क साम्पाङ राई र काठमाडौं महानगरपालिकाका बालेन्द्र (बालेन) साह बाहेक अरु स्वतन्त्र उम्मेदवार नै नभएको दावी गर्नुभएको हो ।

उहाँले भन्नुभयो, जनकपुर धनगढी लगायतका अरु उम्मेदवारहरु राजनीतिक दलहरुकै समर्थन रहेको देखिएको छ । जनकपुरमा त विजयी हुनासाथ कांग्रेसका नेता कार्यकर्ताहरुप्रति मेयरले देखाएको आत्मीयता हेर्दा उहाँहरु स्वतन्त्र हो भन्न सकिन्न ।

तर धरान र काठमाडौंमा जसरी विजयी हुनुभयो, उहाँहरु भने, लोकतन्त्रको फूलबारीको राम्रो फूल हो, प्रचण्डले भन्नुभयो ।

उहाँले भन्नुभयो, उहाँहरुको जीत राजनीतिक दलहरुप्रतिको खतरा भनेर विश्लेषण गर्नुभएको छ, म त्यो देख्दिन । उहाँहरु लोकतन्त्रकै एक अंश हो ।

तर राजनीतिक दलहरु सच्चिन जरुरी छ भन्ने सन्देश भने यो नतिजाले पक्कै दिएको उहाँको भनाई छ ।

उहाँले स्वतन्त्र उम्मेदवारहरु बेला–बेला आउँने भएपनि उहाँहरुले चुनावका क्रममा गरेका घोषणा र प्रतिवद्धता पूरा हुन नदिने विभिन्न शक्ति केन्द्रको भूमिकाका कारण उहाँहरु विफल हुनेगरीको प्रचण्डको भनाई छ ।यो पटक त्यो हुन नदिन राजनीतिक दलहरुसँग सहकार्य गरेर अघि बढ्न स्वतन्त्र उम्मेदवारलाई प्रचण्डले सुझाव दिनुभयो ।

Leave a Reply

Your email address will not be published.