दाङको माछा पोखरीमा देखिएको दृष्यले दुनियाँ स्तव्ध

समाचार

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका १२ का एक कृषकको माछा पोखरीमा देखिएको दृष्यले दु्नियाँ स्तव्ध बनेको छ ।मानिस यतिसम्मपनि अपराधि हुन्छ भन्ने कसैले कल्पना नै गर्न नसक्ने घटना बाहिर आएको छ ।

फार्ममा रहेको माछा पोखरीमा बिष हालेर २२ हजार माछाका भुरा मारिएको घटनाले सबैलाई दुखी बनाएको हो ।१४ कठ्ठामा रहेको माछा पोखरीमा शुक्रबार राति विष हालेर २२ हजार माछाका भुरा मारिएको कृषक मदन गरीले जानकारी दिनुभयो ।

विहानै उठेर पोखरीमा हेर्न जाँदा सबै माछा मरेर तैरिएको अवस्थामा देखिए । हेर्नासाथ आफ्नो आँखाको ज्योति नै गुमेजस्तो भयो ।

मेरो थाप्लोमा नै आकाश खसेजस्तो भयो उहाँले दुखेसो पुख्नुभयो । ‘हिजो राति ७ बजेसम्म पोखरीमा सबै माछा ठिक थिए,’ गिरीले भन्नुभयो, ‘बिहान उठ्दा सबै सखाप बनाइदिएछन् ।’

पोखरीमा २ महिनाअघि मात्रै प्रतिगोटा ५ रुपैयाँका दरले एक लाख १५ हजार बढी मूल्यको माछाको भुरा हालिएको उहाँले जानकारी दिनुभयो । ६ वर्षदेखि माछा पाल्दै आउनुभएका कृषक गिरीले यसअघि कहिल्यै यस्तो घटना नभएको सुनाउनुभयो ।

‘बादल लागेर धुम्म भयो भने अक्सिन नपुगेर स–साना केही संख्यामा माछा पहिले पनि मर्थे, तर पोखरीमा भएका सबै माछा सखाप भएको यो पहिलो हो,’ गिरी भन्नुहुन्छ ‘पोखरीका अन्य जलचरसमेत सखाप भएर मरेका कारण विष हालेकै जस्तो देखिन्छ ।’

घटनाबारे नगरपालिकाका कृषि चिकित्सक र प्रहरीलाई जानकारी गराइएको गिरीले बताउनुभयो । घटनाबारे शंकास्पद कोही पनि हालसम्म पक्राउ तथा अनुसन्धानको दायरामा नआएको उहाँको भनाइ छ ।

कृषक गिरीका छिमेकी बामदेव गिरीकाअनुसार पोखरीमा पालिएको माछामा यस प्रकारको घटना घटाइएको यो पहिलो पटक भएको बताउनुभयो ।

कृषकले लगानी र जोखिम मोलेर गरेको दुःखमा यस प्रकारको घटनाले हतोत्साही बनाएको गिरीले बताउनुभयो । माछामा विष हालेको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले पुष्टि गरेको छ ।

Leave a Reply

Your email address will not be published.