जहाज बेपत्ता अपडेटः १९ यात्रु लिएर ९ बजेर ५५ मिनेटमा उडेको थियो

समाचार

पोखरा, १५ जेठ:जोमसोमका लागि पोखराबाट तारा एयरको ट्वीनअटर विमान ९ बजेर ५५ मिनेटमा उडेको थियो । यहाँ १७ देखि बढीमा २० मिनेटमा जहाज पुग्छ । तर, जहाज उडेको १ घण्टासम्म पनि सम्पर्क हुन सकेको छैन ।

विमानस्थलका अनुसार जहाजमा १९ यात्रु थिए । अहिले हेलिकोप्टर पठाउने तयारी भइरहेको छ । एउटा हेलिकोप्टर जोमसोममै भए पनि मौसम खराबीका कारण उड्न नसकेको बताइएको छ ।अहिले यो रुटमा बादल लागिरहेको बताइएको छ । यसअघि बिहान समिट एयरको २ जहाज जोमसोम पुगिसकेको थियो ।

साउन १ गते देखि जन्मिने छोरीलाई ५ हजार दिने घोषणा-रौतहट । दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीका निर्वाचित वडा अध्यक्ष धर्मेन्द्र कुमार झा अर्थात डिके झाले दोस्रो पटक पदभार ग्रहण गर्नुभएको छ ।

पदभार ग्रहण गरेसँगै वडा अध्यक्ष झाले पहिलो कार्यकालमा आफूले घोषणा तथा शुभारम्भ गरेको “छोरी संरक्षण” कार्यक्रमलाई दोस्रो कार्यकालमा पनि निरन्तरता दिने बताउनुभएको छ ।

दुर्गा भगवती गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष झाले आफ्नो पहिलो कार्यकालमा “छोरी संरक्षण” कार्यक्रममा रु. दुई हजारका दरले घोषणा गरेको आर्थिक सहयोग अब दोस्रो कार्यकाल २०७९ साउन महिना देखि वडामा जन्मिने प्रत्येक छोरीलाई ५ हजार आर्थिक सहयोग गर्ने घोषणा गर्नुभयो ।

छोरीको स्याहार सुसार गर्नको लागि, सामाजिक विभेद अन्त्यको लागि र छोरीको सम्मानको लागि यो कार्यक्रम संचालन गरिएको वडा अध्यक्ष झाको भनाई छ ।

वडा अध्यक्ष झाले भन्नुभयो, “छोरी संरक्षण” कार्यक्रमबाट छोरीलाई बोझ ठान्ने मानिसको धारणामा पनि परिवर्तन आएको छ । छोरी बोझ होइन, उनीहरुलाई सम्मान गर्नुपर्छ र समयानुसार दक्ष एवं शिक्षित बनाउँदै लैजानुपर्छ भन्ने धारणाको विकास हुनु नै कार्यक्रमको सफलता भएको वडा अध्यक्ष झाको ठहर छ ।

वडा अध्यक्ष झा आफ्नो पहिलो कार्यकालमा २०७८ असोज १२ गते मंगलवारका दिन देखि “छोरी संरक्षण कार्यक्रमको सुरुवात गर्नुभएको थियो।दुर्गा भगवती गाउँपालिका वडा नं. ३ मा जन्मिने सम्पूर्ण छोरीलाइ “छोरी संरक्षण कार्यक्रम” अन्तर्गत रु. २ हजार दिने वडा अध्यक्ष झाको घोषणा छ भने सोही कार्यक्रमलाई निरन्तरता दिदौ अब आउदो २०७९ साउन देखि रु. ३ हजार थप गरि ५ हजार दिने घोषणा उहाँको छ ।

साथै वडा अध्यक्ष झाले दुर्गा भगवती गाउँपालिकाको गाउँसभाबाट “छोरी विमा कार्यक्रम” संचालन गराउने बताउनुभयो ।पदभार ग्रहण कार्यक्रमको अन्त्यमा वडा अध्यक्ष झाले सबै वडावासी मतदाताहरुदाई धन्यवाद दिँदै आफूले वडाबाट गर्ने काममा कसैप्रति विभेद नगरी सबैलाई समान रुपमा सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।झाले वडाको विकासका लागि सबैको सल्लाह अनुसार सबैसँग हातेमालो गरि अगाडी बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.