पोखराबाट उडेको विमान दुर्घटनाग्रस्त

समाचार

काठमाडौं । पोखराबाट उडेको विमान दुर्घटनाग्रस्त भएको खबर आएको छ ।केही समय अघि सम्पर्क विहीन भएको विमान दुर्घटनामा परेको स्थानीयबाट सूचना आएको हो ।

बेनीमा रहनुभएका अनेरास्ववियु गण्डकी प्रदेश संयोजक प्रकाश पौडेललेपनि विमान दुर्घटना भएको सूचना दिनुभएको छ । उहाँले पोखरा देखी जोमसोम उडेको तारा एयरको जहाज १९ जना यात्रु सहित लेते माथिको पहाडमा दुर्घटना भएको खबरले मर्माहत बनायो भनेर लेख्नुभएको छ ।

 

पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज सम्पर्क विहीन भएको थियो ।बिहान पोखरा विमानस्थलबाट ९ बजेर ५५ मिनेटमा उडेको जहाज सम्पर्क विहीन भएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले पुष्टि गर्नुभयो । उहाँका अनुसार पोखरा विमानस्थलको टावरले जोमसोम टावरलाई जहाज हस्तान्तरण गरेको थियो ।

जोमसोम टावरसँग सम्पर्क भएको केही समपछि जहाज सम्पर्क विहीन भएको सुवेदीले बताउनुभयो । जहाजमा चालक दलका ३ सदस्यसहित २२ यात्रु थिए ।

यात्रुमा २ जना विदेशी, ४ जना भारतीय नागरिक र १३ जना स्वदेशी यात्रु रहेका थिए । प्रभाकर घिमिरेले उडाएको जहाज बिहान १० बजेर १५ मिनेटमा जोमसोम अवतरण हुनुपथ्र्यो ।

पोखरा जोमसोम हवाइ रुटको घोरेपानी क्षेत्रबाट सम्पर्क विहीन भएको प्रारम्भिक अनुमान छ ।जहाज सम्पर्क विहीन भएपछि खोजीका लागि हेलिकोप्टर उडिसकेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले बताएको छ ।

मुस्ताङका पत्रकार सुन्दर थकालीका अनुसार मुस्ताङको लेते र टुकुचेको बीचमा जहाज दुर्घटनामा परेको आंशका गरिएको छ । त्यहाँका स्थानीयले ठूलो आवाज आएको बताएका छन् । उक्त क्षेत्रमा अहिले खोजी भइरहेको छ ।source-janaboli

Leave a Reply

Your email address will not be published.