धरान मेयर हर्क र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता: के पार्टी प्रवेश गर्न लाग्या हुन् ?

राजनिति समाचार

काठमाडौं । धरानका चर्चित मेयर हर्क राज साम्पाङ (राई) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन बीच भेट भएको छ ।पार्टीको कार्यक्रममा प्रदेश नम्बर १ पुग्नुभएका लिङ्देनले मेयर राईलाई भेट्नुभएको हो ।

मेयर हर्क राज साम्पाङ (राई) स्वतन्त्रतर्फ उम्मेदवारी दिएर विजयी हुनुभएको हो । उहाँहरुबीचको भेटवार्ताले कतै राप्रपासँग कनेक्शन त थिएन भन्ने प्रश्न उब्जाएको छ ।

राप्रपा अध्यक्ष लिङ्देनले नव निर्वाचित मेयर राईलाई भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो ।यस बाहेक उहाँहरू बीच के कुराकानी भयो भन्ने बारे केही खुलेको छैन ।

मेयर राईले यस अघिनै विभिन्न सञ्चार माध्यम सँग कुरा गर्दै आफू कुनै पनि पार्टी प्रवेश नगर्ने उद्घोष गरिसक्नुभएको छ । पार्टी भित्र बसेर आफूले सोचे अनुसारको काम गर्न नसकिने राईको जिकिर छ ।

उहाँ भन्नुहुन्छ, “नेपालका पार्टी हरुमा सुरक्षा निकायको जस्तो चेन अफ कमाण्डको रुल छ । माथिको नेताको आदेश र कुरा मात्र मान्नु पर्ने भएकाले सोचेअनुरुप को काम गर्न सकिदैंन।”

यस अवस्थामा कुनै दलका नेतासँग भेटघाट हुँदैमा पार्टी प्रवेश नै गर्न लाग्या हुन् की भन्ने आशङ्का गर्न नहुने राईका समर्थक बताउँछन् ।तर कनेक्शन के हो ? भनेर प्रश्न भने उब्जिएको छ । कुनै समय मेयर राईले नै यसको जवाफ दिने आशा राख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published.