मौसमको खराबीले जहाजको खोजीमा समस्या: हेलिकप्टर फर्किए, स्थलमार्गबाट खोजिदै

समाचार

काठमाडौँ । पोखरादेखि मुस्ताङ जाने क्रममा सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर जहाज खोज्न परिचालन गरिएको फिस्टेल एयरको हेलिकप्टर प्रतिकूल मौसमका कारण जोमसोम फर्किएको छ ।मौसम खुल्दासाथ खोजीकार्यका लागि पुनःहेलिकप्टर परिचालन गरिने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

“खोजीका लागि पठाइएको हेलिकप्टर खराब मौसमका कारण फर्किएको छ, काठमाडौँदेखि नेपाली सेनाको हेलिकप्टर पनि आउँदैछ, खोजीका लागि सबै उपायसहित तयारी अवस्थामा छौँ”, उनले भने ।

उनले अहिलेसम्म पनि जहाज सम्पर्कविहीन अवस्थामै रहेको उल्लेख गरे । टुकुचे र धवलागिरि क्षेत्र आसपासबाट विमान सम्पर्कविहीन भएको हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ ।

यसैबीच नागरिक उड्डयन प्रधिकरनको खोज तथा उद्धार समन्वय केन्द्रले जाहजको अन्तिम पटक बिहान १० बजेर ७ मिनेट जादा जोमसोम टावरसँग घोडेपानी स्थानमा सम्पर्क भएको उल्लेख गरेको छ ।

मौसम खराब रहेका कारण हेलिकप्टरबाट खोजी कार्य हाल रोकिएर र हेलिकप्टर तयारी अवस्थामा रहेको र मौसममा सुधार हुनासाथ खोज्न जाने केन्द्रले जनाएको छ । त्यस्तै अहिले स्थल मार्गबाट खोजी कार्य गर्न नेपाली सेना, नेपाल प्रहरीलाई परिचालन गरिएको पनि केन्द्रले बताएको छ ।

उक्त विमान पोखराबाट आज बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको थियो । पच्चीस मिनेटको यात्रापछि अवतरण हुनुपर्ने जहाज अझै सम्पर्कका आउन सकेको छैन । जहाजमा १९ यात्रु र चालक दलका तीन सदस्य रहेको जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published.