क्याप्टेन घिमिरेको फोनबाट जहाजको लोकेसन पत्ता लाग्यो

समाचार

काठमाडौं । तारा एयरको जहाज हराएको विषयमा नयाँ अपडेट आएको छ । नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले मुस्ताङको टिटी लेक वरपर तारा एयरको जहाजको खोजी केन्द्रित गरिरहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार क्याप्टेन प्रभाकर घिमिरेको फोन ट्र्याक गर्दा लेते आसपासमा लोकेसन पत्ता लागेको छ ।

त्यसैले खोजी त्यतै केन्द्रित गरिएको हो । ठाकुरका अनुसार पाइलटको मोबाइलमा घण्टी गइरहेको छ । एनटिसीबाट ट्र्याक गर्दा मोबाइलको लोकेसन लेते भनेर देखाएको छ । मौसम खराब भएकाले खोजीका लागि हेलिकप्टर पठाउन कठिन भइरहेको छ ।

पोखराबाट नेपाली सेनाको हेलिकप्टर पठाउने तयारी गर्दा प्रतिकूल मौसमका कारण तत्काल सम्भव भएन् । त्यसपछि जोमसोमबाटै लेतेतर्फ हेलिकोप्टर परिचालन गर्ने तयारी हुँदैछ ।

Leave a Reply

Your email address will not be published.