तीन घण्टादेखि सम्पर्क विहीन तारा एयरमा सवार २२ यात्रुको परिचय खुल्यो [ नामावलीसहित ]

समाचार

पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजमा २२ यात्रु सवार थिए ।बिहान ९ बजेर ५५ मिनेटमा उडेको जहाज घोरेपानी क्षेत्रबाट सम्पर्कविहीन भएको छ ।

जोमसोम टावरसँग सम्पर्क भएको केही बरेमा जहाज सम्पर्क विहान भएको पोखरा विमानस्थलले बताएको छ ।जहाजमा चालक दल ३, २ विदेशी, ४ भारतीय र १३ जना स्वेदशी यात्रु सहित २२ जना विमानमा सवार थिए । जहाजको खोजी भइरहेको छ ।अहिलेसम्म एकीन जानकारी छैन । तर ट्वीनटर विमानमा तीन घण्टासम्म उड्ने इन्धन हुँदैन । आसपासका कुनैपनि विमानस्थलमा पुगेको जानकारी छैन ।

कुनैपनि सहज ठाउँमा फोर्स ल्याण्ड भएको खबरपनि छैन । उद्धारका लागि खटेका हेलिकोप्टरहरु सम्पर्कविहीन भएका ठाउँसम्म पुग्न सकेका छ्रनन् ।मौसम खराब रहेका कारण उद्धार हुन सकेको छैन । विमानमा सवार यात्रुको नामावली भने खुलेको छ । यसप्रकार रहेको छ ।

चालक दलको सदस्य१, क्याप्टेन प्रभाकर घिमिरे२, को पाइलट उत्सव पोखरेल३, एयर होस्टेज किस्मी थापा

यात्रुहरु१, बान्देकर वैसवी२, इन्द्रबहादुर गोले३, पुरुषोत्तम गोले४, राजनकुमार गोले५, मेइक ग्रीटग्राफ६, बसन्त लामा
७, गणेश नारायण श्रेष्ठ८, रवीना श्रेष्ठ९, रश्मी श्रेष्ठ१०, रोजिना श्रेष्ठ११, प्रकाश सुनुवार१२, मकरबहादुर तामाङ१३, राममाया तामाङ१४, सुकुमाया तामाङ१५, तुलसादेवी तामाङ१६, अशोककुमार त्रिपाठी१७, धनुश त्रिपाठी१८, ऋतिका त्रिपाठी
१९, वी विलनर

Leave a Reply

Your email address will not be published.