काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज अझै सम्पर्क विहीन छ ।पोखराबाट तेस्रो उडानमा रहेको तारा एयरको ९ एन एईटी ट्विनअटर जहाज लेतेपास नजिक पुगेपछि सम्पर्कविहीन भएको थियो । विमानमा चालक दलका सदस्यसहित २२ यात्रु सवार थिए ।
बिहान ९ बजेर ५५ मिनेटमा उडेको जहाज घोरेपानी क्षेत्रबाट सम्पर्कविहीन भएको थियो ।जोमसोम टावरसँग सम्पर्क भएको केही बरेमा जहाज सम्पर्क विहान भएको पोखरा विमानस्थलले बताएको छ ।जहाजमा चालक दल ३, २ विदेशी, ४ भारतीय र १३ जना स्वेदशी यात्रु सहित २२ जना विमानमा सवार थिए । जहाजको खोजी भइरहेको छ ।
अहिलेसम्म एकीन जानकारी छैन । तर ट्वीनटर विमानमा यति लामो समयसम्म सम्पर्क विहीन हुनु भनेको अब दुर्घटना स्थल मात्र पत्ता लगाउने विकल्प बाँकी रहेको वरिष्ठ क्याप्टेन सुवास रिजाल बताउनुहुन्छ ।पोखराबाट जोमसोम उड्दा डेढ घण्टाको मात्र इन्धन राख्ने वानी बसिसकेको छ ।
अझ अधिकतम चार घण्टासम्म मात्र उड्ने इन्धन यस विमानमा राख्न सकिन्छ । अब विमान आकाशमा नै उडिरहेर सम्पर्क यन्त्र विग्रिएको हो की भन्ने सम्भावना सकिएको उहाँको भनाई छ ।
आसपासका कुनैपनि विमानस्थलमा पुगेकोपनि जानकारी छैन । उक्त भूगोलमा फोर्स ल्याण्ड गर्ने कुनै स्थानपनि छैन अब आशा गर्न सकिन्न उहाँले भन्नुभयो ।
उहाँले मोबाईल डिभाईस सहित पाँच वटा सम्पर्क गर्न सकिने डिभाईस उक्त विमानमा हुने भएकाले दुर्घटना नभए जसरीपनि सम्पर्क हुने उहाँको भनाई छ । उक्त विमानका चालक क्याप्टेन प्रभाकर घिमिरे अत्यन्तै दक्ष । सिनियर चालक भएको उहाँले बताउनुभयो । उहाँ धेरै अनुभवी, हवाई सुरक्षामा तालिम दिइरहनुभएको दक्ष चालक हुनुहुन्थ्यो । उहाँले भन्नुभयो ।