हराएको तारा एयरको विमान सम्पर्कविहीन भएपछि पोखरा विमानस्थलमा पुगेका आफन्तहरूको रुवाबासी

समाचार

पोखराबाट १९ यात्रुसहित जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएपछि पोखरा विमानस्थलमा आफन्तहरू पुगेका छन् । सम्पर्कविहीन भएपछि पोखरा विमानस्थलमा पुगेका आफन्तहरूले रुवाबासी गरेको दृश्य देखियको छ ।

जोमसोमका लागि पोखराबाट तारा एयरको ट्वीनअटर विमान ९ बजेर ५५ मिनेटमा उडेको थियो । यहाँ १७ देखि बढीमा २० मिनेटमा जहाज पुग्छ । तर, जहाज उडेको ६ घण्टासम्म पनि सम्पर्क हुन सकेको छैन ।

विमानस्थलका अनुसार जहाजमा १९ यात्रु थिए । चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए । यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा रहेको खुलेको छ । चालक दल तीन सदस्यसहित १६ नेपाली, चार भारतीय र दुई जर्मनी छन् । चालक दल तीन सदस्यसहित १६ नेपाली, चार भारतीय र दुई जर्मनी हुन् ।

उक्त जहाज मुस्ताङको लेतेमाथीको डाँडामा दुर्घटना भएको आशंका गरिएको छ । तर, पुष्टि भएको छैन । जोमसोमबाट भर्खरै खोजीका लागि हेलिकोप्टर उडेको छ । मौसम खराव भएका कारण समस्या भैरहेको जोमसोम विमानस्थलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.