LIVE : साढे १७ खर्बको बजेट : आर्थिक वृद्धिदर ५.८ प्रतिशत

आर्थिक समाचार

काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको छ ।अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट प्रस्तुत गरिरहनु भएको छ । सरकारले झण्डै साढे १७ खर्बको बजेट ल्याउन लागेको हो ।अर्थमन्त्री शर्माका अनुसार चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुनेछ ।

बजेट कोभिड–१९ महामारी नियन्त्रण, जनस्वाथ्यको रक्षा र आर्थिक तथा सामाजिक जीवन स्तर सुधारमा लक्षित भएको पनि उहाँले जानकारी दिनुभयो ।

अर्थमन्त्री शर्माका अनुसार बजेटको उद्देश्य उत्पादनमा आधारित हुनेछ । बजेटका प्राथमिकता कृषि क्षेत्रको रुपान्तरणमा केन्द्रित रहनेछ । उत्पादनमा आधारित अर्थतन्त्रको विकास गरेर गरिबी न्युनिकरण गर्ने बताइएको छ ।

लाईभ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

Leave a Reply

Your email address will not be published.