सालोको मलामी गएका भिनाजुको अचम्मको मृ<त्यु

समाचार

सल्यानमा सालोको मलामी गएका भिनाजुको एकैछिनमा मृत्यु भएको छ । ३७ वर्षीय पुरुषको शारदा नदीमा डु बेर मृत्यु भएको हो ।शारदा नगरपालि का १४ माल्नेटा च्याउखोलाका बहादुर शाहीको शारदा नदीमा डु बेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

शाही शारदा नगरपालिका १४ माल्नेटाको ढारखानीका ४० वर्षीय विजय पुनको मलामी गएका थिए । पुन उनका छिमेकी र सालो पर्थे ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक सुमित खड्काका अनुसार लास जलाइरहेका बेला नुहाउन गएका शाही डु बेका थिए ।

नदीमा डु बेर बेहोस भएका शाहीलाई उद्धार गरी जिल्ला अस्पताल सल्यान ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिनुभयो । शव जिल्ला अस्पताल सल्यानमा पोस्टमार्टमका लागि राखिएको छ । मलामीले हेर्दा हेर्दै डुबे ।

सबैले निकाल्न खोजे, प्रयास गर्दा गर्दै उनले अन्तिम सास फेरी सकेका थिए । तरपनि अस्पताल लैजान खोजियो । अस्पताल नपुर्याउँदै उनको शरीर चीसो भइसकेको थियो प्रत्यक्षदर्शीले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published.