यी स्थाानमा रेल र मेट्रो रेल : ओभर हेड ब्रिज र अण्डरपास बनाउँन बजेट विनियोजन

समाचार

काठमाडौं । सरकारले माथिल्लो अरुण जलविद्युत आयोजनाका लागि एक अर्ब रुपैयाँ छुट्याएको छ ।अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्दै यस्तो बताउनु भएको हो ।उहाँका अनुसार चक्रपथ विस्तार आयोजना अन्तर्गत कलंकी–नारायणगोपाल चोक सडकखण्डको विस्तारका लागि एक अर्ब रुपैयाँ रकम विनियोजन गरिएको छ ।

आगामी वर्ष सात सय १५ मेगावट थप विद्युत राष्ट्रिय प्रशारण केन्द्रमा जोडिनेछ । ऊर्जा खपत विशेष योजना बनाइने पनि उहाँले जानकारी गराउनुभयो ।

रेल र मेट्रो रेलका लागि ६ अर्ब ५३ करोड रुपैयाँ विनियोजन भएको छ । नेपालको पानी जनताको लगानी कार्यक्रम सञ्चालन हुनेछ । आगामी दुई वर्षभित्र सबै जनतालाई विद्युत सुविधा उपलब्ध गराउने लक्ष्य सरकारले लिएको छ ।

सरकारले चितवनलाई केन्द्रमा राखेर ३ द्रुतमार्ग निर्माण गर्ने घोषणा गरेको छ । आइतबार संसदमा आर्थिक वर्ष २०७९ / ८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं र चितवन एक घण्टामा यात्रा गर्न सकिने गरी चन्द्रागिरी–पालुङ–चित्लाङ– चितवन द्रुतमार्ग घोषणा गर्नुभयो ।

यस्तै निजी क्षेत्रमार्फत चितवन–रामपुर–बुटवल र चितवन–रामपुर–पोखरा द्रुतमार्ग बनाउन लगानी बोर्डमार्फत् प्रक्रिया थाल्ने समेत बजेटमा उल्लेख छ ।चितवनमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र समेत छ ।

यसैगरी कोटेश्वर–जडिबुटीको जाम हटाउन अण्डरग्राउण्ड रोड बनाइने छ । कोटेश्वर कलंकी क्षेत्रमा ओभर हेड ब्रिज बनाउँन बजेट विनियोजन भएको छ ।

Leave a Reply

Your email address will not be published.