सम्पर्क विहीन तारा एयरको राति ८ बजेसम्म फेला परेका तथ्य

समाचार

काठमाडौं । आज बिहानदेखि हराइरहेको तारा एयरको यात्रुवाहक विमान फेला पर्न सकेको छैन् ।पोखराबाट जोमसोमका लागि आइतबार बिहान उडेको विमान वेपत्ता भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताले यसबारे जानकारी दिनुभयो । टेक अफपछि विमानको एयर कन्ट्रोलिङ सिस्टमसँग सम्पर्क टुटेको थियो । दुई इन्जिन भएको विमानको अवस्था अझै थाहा छैन ।

जोमसोम विमानस्थलका कर्मचारी पुष्कलराज शर्माका अनुसार बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान १० बजेर ११ मिनेटमा सम्पर्कविहीन भएको थियो ।

शर्माले भन्नुभयो, ‘विमान सम्पर्कविहीन भएपछि धौलागिरि क्षेत्रमा खोजी गर्न हेलिकप्टर पठाइएको छ ।तर खराब मौसमका कारण विमान फेला पार्न कठिन भएको छ ।’ नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानमा चालक दलका तीन सदस्यसहित २२ जना सवार रहेका छन् ।

नेपालस्थित भारतीय दूतावासका अनुसार यी २२ जनामध्ये ४ जना भारतीय रहेका छन् । विमानका पाइलटको मोबाइल फोन ट्र्याक गर्ने प्रयास भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.